Loading...
टिकुलीया हत्या काण्ड, मृत्कको छोरालाई पढाउने नेता वृज यादवको घोष्णा ।

ओम प्रकाश यादव
असोज ११ गते, रौतहट । जनता समाजवादी पार्टीका प्रदेश २ सदस्य वृज किशोर यादवले रौतहटमा हालै हत्या गरिएको जगरानी देवीको छोरालाई उच्च शिक्छा दिने घोष्णा गरेका छन ।
नेता यादवले विभत्स हत्या गरिएका जिल्लाको देवाही गोनाही नगरपालिका ५ टिकुलीयाका जगरानी देवीको एक छोरालाई प्रहरी बोडिंग स्कुलमा पढाउने बताएका छन ।
पुरानो रिसीवीका कारण गत मंगलवार राती स्थानीय बली मुखिया, प्रदिप मुखिया र सोनाला मुखिया सहितका मानिसहरुले धारिलो हतियार खुकुरी प्रहार गरी जगरानी देवीको हत्या गरेको थियो ।
उनिहरुले जगरानी देवीको श्रीमान महेश तिवारीलाई समेत खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको छ ।
सजपाका प्रदेश सदस्य वृज किशोर यादवले आज पिडित परिवारसँग उनको घरमै गएर भेटघाट गर्दै सहयोग स्वरुप महेश तिवारीको एक छोरालाई आफनो तर्फबाट पढाउने घोष्णा गरेका हुन ।
जगरानी र महेश तिवारीको छोराको पढाईमा लाग्ने सम्पुर्ण खर्च आफुले तिर्ने नेता यादवले उदघोष गरेका हुन ।
साथै उनले जगरानी देवीको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति धैर्यधारणको कामना गरेका छन । सो क्रममा सजपाका नेता अनिल कुमार यादवको पनि उपस्थिती रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *