Loading...
रौतहटका सुरक्षा निकायका प्रमुख र पत्रकारबिच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

ओम प्रकाश यादव
रौतहट, असोज २४ गते । रौतहटका सुरक्षा निकायका प्रमुख र पत्रकारबिच शुक्रवार साँझ अबेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

आउँदै गरेको दसैं तिहार तथा छठ पर्वको अवसरमा जिल्लाको प्रख्यात पर्यटकीय स्थल नुन्थरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धानका प्रमुख र पत्रकारहरुबिच शुभकामना आदानप्रदान गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय गौरको आयोजनामा आयोजित कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाह, सशस्त्र र अनुसन्धानका प्रहरी उपरीक्षक लगायतका सुरक्षा निकायका प्रमुखहरुले पत्रकारहरुसँग दसैं तिहार तथा छठको शुभकामना साटासाट गरेका हुन् ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी यादवले हिन्दूहरूको आउँदै गरेको विभिन्न पर्वको अवसरमा सम्पूर्ण जिल्लाबासी, देशबासी तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीहरुको सु स्वास्थ्य दीर्घायु तथा उत्तरोतर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादवले पछिलो समय रौतहटमा बढेको हत्या, हिंसा, बलात्कार तथा आपराधिक गतिविधिलाई नियन्त्रण गर्न रौतहट प्रशासन गम्भिर रहेको बताउनुभएको छ ।

जिल्लामा बढेको हत्या, हिंसा, बलात्कार तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न प्रहरी प्रशासन हाई अलर्टमा रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रविन्द्र साह सहित जिल्लाका एक दर्जन भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *