Loading...
प्रअ गुप्ताको गैर जिम्मेवारीपनका कारण माधोपुर स्कुलको सार्वजनिक सम्पति स्थानीयले गरे कब्जा ।

रौतहट सहकर्मी
असोज २७ गते, रौतहट । रौतहटमा एक प्रधानाध्यापकको गैर जिम्मेवारीपनका कारण विद्यालयको सम्पती स्थानीयहरुले कब्जा गर्न थालेको छ ।

जिल्लाको माधवनारायण नगरपालिका ६ माध्यमिक विद्यालय माधोपुरका प्रधानाध्यापक संजय गुप्ताले विद्यालयको सम्पती रक्षा गर्न कुनै ध्यान नदिदा विद्यालयको सम्पती स्थानीयहरु कब्जा गर्न थालेका छन ।

प्रधानाध्यापक गुप्ताको गैर जिम्मेवारीपनका कारण स्कुलको सम्पती विनास भइरहेको छ तर पनि प्रअ गुप्ताले कुनै चासो लिएका छैनन ।

माध्यमिक विद्यालय माधोपुरको स्वामित्वमा रहेको एक पोखरीको डिलबाट स्थानीय बौवानन यादवले केहि दिन अघि मात्रै एउटा सिसौको रुख काटेर लगेको थियो ।
माधोपुर उतरवारी टोलमा घर भएका यादवले करिव १० हजार भन्दा बढी मुल्यको सिसौ उक्त स्कुलको गाउँमै रहेको पोखरीको डिलबाट काटेर लगेका थिए ।
कसैसँग नसोधिकन नै बौवानन यादवले विद्यालयको रुख काटेर लगेको कुरा प्रधानाध्यापक गुप्तालाइ थाहा हुँदा हुँदै पनि गुप्ताले उसलाई कार्यवाही गर्न सकेको छैन ।

विद्यालयको रुख काटेर लगेपनि प्रधानाध्यापक गुप्ताले यादवलाई कार्यवाही गर्न कुनै चासो नलिएको स्थानीयहरुले बताएका छन ।
जथाभावी आफना मनोमानी तरिकाले आफना निजी रुख सरह विद्यालयको रुख काटदा समेत विद्यालयले यस्ता अर्मादित काम गर्ने माथी कुनै कार्यवाही नगर्दा यसैको देखासीकीले अरुले पनि विद्यालयको सम्पती कब्जा गर्न सक्ने देखिएको छ ।

उक्त रुखकै कारणले माधोपुरमा स्थानीयहरुबीच एक आपसमा झै झगडा समेत हुने सम्भावना बढेको छ ।

विद्यालयको सम्पतीलाई केहि व्यक्तिले आफना निजी सम्पती जस्तै कब्जा गर्दा समेत प्रधानाध्यापक गुप्ताले कुनै एक्सन नलिदा स्थानीयहरु प्रअ गुप्तामाथी आक्रोसित समेत भएका छन ।

स्कूलको नाममा रहेकोले पोखरीको सम्पूर्ण रेख देख गर्ने जिम्मा स्कूलको हो तर उक्त पोखरीको डिलमा भएका रूखहरू जथाभावि कटान हुँदा समेत जिम्मेवार निकाय माध्यमिक विद्यालय माधोपुरका प्रधानाध्यापक गुप्ताले कुनै चासो नलिएको स्थानीयहरूले बताएका छन ।

प्रधानाध्यापक गुप्ताले रुख काटेको विषयमा प्रहरीमा उजुरी परेको र आफु काम विशेषले विरगंमा रहेकोले विरगंजबाट आउने वितिकै यस विषयमा बुभmेर कार्यवाही प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिएका छन ।

त्यस्तै यश विषयमा दोषी यादव माथि प्रहरी चौकी माधोपुरमा निवेदन दर्ता भए पनि प्रहरीले समेत उसलाई कार्यवाही गर्न सकेको छैन ।
सार्वजनिक सम्पतिको यसरी विनाश हुँदा समेत विद्यालय र प्रहरीले दोषीलाई कारबाही गर्न नसक्नु दुर्भाग्य रहेको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *