Loading...
मेयर इनु राय यादवले एकै दिन गरे तीन स्वास्थ्य केन्द्र र एक प्रसुति गृहको उदघाटन ।

ओम प्रकाश यादव
असोज २८ गते, रौतहट ।

रौतहटको गरुडा नगरपालिकाका मेयर ईनु राय यादवले जिल्लामै पहिलो पटक एकै दिन आज तीन स्वास्थ्य केन्द्र र एक प्रसूति गृहको उदघाटन गरेका छन ।
मेयर यादवले आज एक कार्यक्रमका बीच उक्त पूर्वाधार निर्माण का भवनहरूको रिबन काटेर उदघाटन गरेका हुन् ।

मेयर यादवले गरुडा नगरपालिका ६ पोथियाहिमा एक प्रसूति गृहको उदघाटन गरेका हुन् भने जिंगडिया, अम्मरपटी र पिपरिया दोसतियामा एक एक सहरी स्वास्थ्य केन्द्रको उदघाटन गरेका हुन् ।
मेयर यादवले उदघाटन गरेसँगै अम्मरपटी, जिंगडिया र पिपरीयामा आजदेखि सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ।

यश अघि स्वास्थ्य केन्द्र नहुँदा औषधि उपचारका लागि सर्वसाधारणहरु लाई ठूलो कठिनाई हुँदै आएको थियो ।

जनताको पिर मर्कालाई बुझेर मेयर यादवले नगरपालिकाको लगानीमा उक्त स्वास्थ्य केन्द्रको भवन निर्माण गरी सञ्चालन गरेपछि सर्वसाधारणहरु निकै हर्षित भएका छन् ।
आफ्नै गाउँमा प्रसूति गृह र स्वास्थ्य केन्द्र सञ्चालन भयपाछि अब महिलाको डिलेवरी तथा औषधि उपचारको लागि सर्वसाधारणहरुलाई एक गाउँबाट अर्को गाउँ वा सहरमा जानुपर्ने बाध्यता पनि आजदेखि अन्त्य भएको छ ।
मेयर यादवले स्वास्थ्य केन्द्र र प्रसूति गृह सञ्चालन गरी निकै सराहनीय काम गरेको भन्दै नगरबासी उनलाई प्रसंसा समेत गर्न थालेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *