Loading...
कोरोना महामारीका बेलामा रू ६ कर तिराउने आन्तरिक राजश्व कालिमाटीका बहादुर कर अधिकृत

सरोज “खिलाडी”

अशोज ३० काठमाडौँ , करदाता लाइ रुवाउने, दौडाउने काम अहिले आन्तरिक राजस्व कार्यालय (कार्यालय सेवा ग्राहिको कार्यालय) कालिमाटीले गरिरहेको पाइएको छ । फाइल जहा जान्छ त्यहि रोकिन्छ । दर्ता चलानी गर्नेले समेत फाइल लुकाएर राखेको र सेवाग्राहीलाइ उल्टै झपार्ने, थर्काउने काम त्यस कार्यालयका कर्मचारीहरुले गरिरहेको एक करदाताले बताएका छन्। अहिले कोरोना संक्रमणको ग्राफ बढ्दो छ । सजगताका बिच कामलाई निरन्तरता दिँदै जानु पर्ने बाध्यता छ। किनकि काम बिना मामको जोहो गर्न मुस्किल छ। सोही कारण पनि चाहेर नचाहेर कामलाई निरन्तरता दिनै पर्ने बाध्यतामा सर्वसाधारण तथा करदाताहरु छन्। जोखिमका बिच पनि सबै भन्दा बढी कामको बाध्यता सर्वसाधारणमा देखिन्छ । सरकारी कार्यालयले भने कम जाँगर देखाउन थालेका छन्। काम गरे पनि र नगरे पनि मासिक तलव पाइने भएकोले पनि केही सरकारी कार्यालयमा भने कुनै एक कर्मचारीलाई सङ्क्रमण भए लगत्तै सम्पूर्ण कार्यालयको काम नै प्रभावित हुने गरेको छ। सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने प्रमुख कार्यालय र लगानीको वातावरण कायम गर्ने निकाय नै सुस्त हुँदा आर्थिक गतिविधिमै धक्का लाग्ने सम्भावना बढ्दै गएको छ। धेरै जसो कार्यालयका हाकिम देखि तल्लो तहका कर्मचारीले जिम्मेवारी बिर्सँदै गएका छन् । राष्ट्र सेवामा समर्पित रहनु पर्ने कर्मचारीले कामलाई निश्चित जागिर मात्रै सम्झँदा कार्यालय नै बन्द भएको नागरिक समाजका एक अगुवाको भनाइ छ।  “केही सरकारी कार्यालयका कर्मचारीले राष्ट्र सेवा भन्ने भाव नै बिर्सिए।  यसमा कार्यालयका हाकिम बढी जिम्मेवार नभएको उनको आरोप छ ।

यस्तो छ आन्तरिक राजस्व कार्यालय कालिमाटीको चर्तिकला

जथाभावी भिडभाड गरेर करदातालाइ दुख दिने यस कार्यालयले एक जना करदातालाई ६ रुपैंया मात्र भएनी तिराएको, त्यहिका कर अधिकृत चिच्याउदै घमण्डका साथ् भनिरहेका थिए। कर तिराउनु राम्रो कुरा हो तर अहिलेको महामारीमा रू ६ तिराउन भिड मा करदाता लाइ बैंक मा लाइन लगाउनु मुर्खता बाहेक केहि पनि होइन । कर चुक्ता देखि नयाँ कम्पनि दर्ता सम्म कुनै पनि कागजात छुदैनन यहाँका कर्मचारीहरु । किन मेरो काम हुदैन भन्दा सजिलै गरि जवाफ दिन्छन – “तपाइले छोएको कागज हामि छुदैनौ। भोलि आउनुस । एकजना करदातालाइ बोलाए अनुशार भोलि पल्ट गएर सोधेछन – मेरो काम के भयो ? फेरी जवाफ पाएछन – नया फर्म दर्ता गर्न नागरिकताको फोटोकपि छोड्नु भएकै छैन। ल्याउनु भएको छ ? करदाताले भने हजुर ल्याएको छु लिनुस । फेरी एक महिला कर्मचारीले भनिन – अब तपाइँले छोएको कागज म कहाँ छुन्छु ? फाइलमा राखेर भोलि आउनुस। यस प्रकारले करदातालाइ ३-५ दिन सम्म त्यो कार्यालयले दौडाउछन। फर्मको नाम बाहिर नल्याउने सर्तमा ति करदाताले भने -“यस्तो कोरोनाको बेलामा ५ मिनेट को कामको लागि ४-४ चोटी आउनु भनेको हाम्रो जीवन संग खेलबाड होइन र ? त्यस्तै अर्का करदाताले भने -” सर, तपाइँ कर कार्यालय बालाजु जानुस त ? कोटेश्वर कर कार्यालय जानुस वा चावेल । आजको आजै काम हुन्छ । तर यहाका कर्मचारीहरु कर कार्यालयमा आउने बितिकै देश कै मालिक हुँ भनि ठान्छ । र कागज छुदैनन । त्यसो भए के यिनीहरु पसल जादैनन् ? तरकारी, दुध लगायत दैनिक उपयोग गर्ने सामानहरु किन्दैनन ? पैसा दिने लिने गर्दैनन ? अर्का करदाता आक्रोस पोख्दै भने – कागज नै नछुने हो भने बैंक देखि पसल सम्म सबै बन्द गर्नु पर्ने हो नि ? कर लिन हुने ? काम चै भोलि मात्रै ? यस्तो पनि हुन्छ । दर्ता चलानीमा त अझ फाइल समेत लुकाएर खाने दाउ खोज्दा रहेछन। तिन पटक धाएका करदातालाइ फाइल छैन भनेपछि करदाताले मेरो फाइल खोइ भनेर झगडा गर्न तयार हुँदा १ मिनेट मै फाइल त्यही दर्तामै भेटेछ। कालिमाटी जस्तै ललितपुर कर कार्यालयले पनि यस्तै करदाताहरुलाई दुख दिदै आएका छन् । यो कुरामा कार्यालय प्रमुख र अन्यको ध्यान दिन जरुरी छ। कर उठाउन मात्र होइन कर दाताको जीवन बचाउने जिम्मा पनि सरकारको हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *