सरोज “खिलाडी”
३० असोज, जनकपुरधाम । प्रदेश २ को दुइ ठूलो पार्टी राजपा नेपाल र समाजबादी पार्टी मिलेर जसपा नेपाल गठन भएपछी अहिले मधेशमा जसपा नेपालमा पार्टी प्रवेश गर्नेको घुइचो लाग्ने गरेको छ। अहिले नेकपा र कांग्रेस नामको पसल बन्द जस्तै छ। यी दुइ ठूला पार्टी मिलेपछि नेकपा र कांग्रेसको पसल बन्द जस्तै भएको छ। तर प्राय जसो हरेक हप्ता र महिना नै जसपामा पार्टी प्रवेश भएको समाचार प्राप्त हुने गरेको छ। जसलाई नेकपा र कांग्रेसलाइ पचेको छैन भने ति पार्टी सम्बद्ध पत्रकारहरुले टेन्सनमा टाउको दुखाउदै निगेटिभ समाचार लेख्ने गरेको छ । नेपाली कांग्रेस,पुर्व एमाले र माओवादी तथा हाल नेकपाका गठ मानिएका जिल्लाको सबैला नगरपालिकामा नवप्रवेसिहरुले बिगतमा चित नबुझेको तथा आसाजनक कार्य उनिहरुले गर्न नसकेकोले मधेशबादी दल जसपा नै अर्को बिकल्प रहेको भन्दै प्रवेश गरेका छन।सवैला नगरपालिकाबाट नेकपाका दिग्ग्ज नेता मातृकाप्रसाद यादव,योगनारायण यादव जस्ता ठुला नेताहरुले जित हासिल गर्दै आइरहेका छन भने बर्चस्व जसपाले लिने जसपाका एक नेताले जनाए l
शुक्रबार त्यस्तै भयो । हजारौले पार्टी प्रवेश गर्ने भएपछी जसपाका नेताहरु राजेन्द्र महतो, अनिल झा, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल लगायतले धनुषाको सबैलामा ठूलो संख्यामा सर्वसाधारणलाई पार्टी प्रवेश गराएका छन् । त्यस्तै २७ असोजमा पर्साको पकहामैनपुर गाउँपालिकामा पनि यसरी नै पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो । त्यस्तै १५ साउनमा सिरहाको गोलबजार नगरपालिकाको चौहर्बामा यस्तै कार्यक्रम भएको थियो । कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव नै उपस्थित भएका थिए। यदि यसरी नै जनता ले जसपा नेपाल मा पार्टी प्रवेश गर्ने हो भने कांग्रेस र नेकपा को पत्ता साफ हुने निश्चित छ।
Facebook Comments