६ कात्तिक, वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिकामा नेकपाका कार्यकर्ताहरु बीच झडप भएको छ । गाउँपालिका कमिटिको सपथ ग्रहण कार्यक्रममा विवाद भएपछी झडप भएको हो । झडपमा उत्तम तिवारी र मुकेश चौरसियाको अवस्था गम्भीर छ । झडपमा ६ जना कार्यकर्ता घाइते भएका छन् । अन्य ४ जना सामान्य घाइते छन् । नारायणी अस्पतालमा प्रारम्भिक उपचार पछि मुकेश चौरसियालाई थप उपचारका लागि वीरगञ्जकै ए एस न्युरो अस्पतालमा रिफर गरिएको छ ।
विन्दवासिनी गाउँपालिकामा सर्वसम्मतिमा विक्रम चौरसियाकोे नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको थियो । नेकपाका पर्सा संयोजक प्रभु हजराले आज गरिएको सपथग्रहण कार्यक्रममा कार्यकर्ताबीच झडप भएको बताउनु भएको छ ।
हजराले भन्नु भयो -‘विन्दवासिनीमा कुनै समस्या थिएन, सर्वसम्मतीमा कमिटि गठन भएको थियो । तर आधालाई निम्तो दिएछन्, आधालाई बोलाएनछन् । त्यही विषयमा सवाल जवाफ हुँदा कार्यकर्ताबीच नै झडप भएछ ।’
Facebook Comments