Loading...
नेकपा अध्यक्ष प्रचण्डको हातमा बिबादको लड्डु, ओलीको मन्तब्य सुनेर फर्के रित्तो हात

सरोज “खिलाडी”

कार्तिक १५ काठमाडौं । नेकपा अध्यक्षद्वय  केपी ओली र प्रचण्डबीच छलफल भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल भएको हो । यसअघि दुई अध्यक्षबीच कात्तिक ४ गते छलफल भएको थियो । पार्टीभित्र विवाद बढ्दै गएपछि छलफल रोकिएको थियो ।

पछिल्लो पटक भएको मन्त्रिपरिषद पुनर्गठन, राजदूत सिफारिस, अन्य नियुक्ति तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव लगायतका विषयमा प्रचण्ड ओलीसँग रिसाएका थिए । त्यसपछि प्रचण्डले छलफलका लागि बस्न मानेका थिएनन् । आज भेटघाट भएपनि कुनै ठोस निर्णय भने हुन् सकेको छैन। प्रचण्ड त्यतिकै फर्केका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *