Loading...
सांसद प्रभु साहले गरुडा नगरपालिकामा विकास नगरेको जसपा नेता यादवको आरोप ।

काठमाडौं समाचारदाता
कात्तिक १५ गते, रौतहट ।
जनता समाजवादी पार्टीका युवा नेता अनिल कुमार यादवले रौतहट निर्वाचन क्षेत्र नं ३ का सांसद प्रभु साहले गरुडा नगरपालिकाको महम्मदपुर लगाएतको गाउँमा एक रुपैयाको पनि विकास नगरेको आरोप लगाएका छन ।

सांसद साहले निर्वाचित भएदेखी अहिलेसम्म महम्मदपुरमा आफना संसदीय कोषबाट एक रुपैयाको पनि विकास नगरेको जसपा नेता यादवले बताएका छन ।

संकल्प कृषि कृषक समुह गरुडा नगरपालिका ९ को आयोजनामा आज गरुडा नगरपालिका ९ श्रीपुरमा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै जसपाका निडर युवा नेता अनिल यादवले गरुडा नगरपालिकामा विकास नगर्ने सांसद प्रभु साह उल्टै याँहा आएर ठुल ठुल्ला भाषन गर्नु लजास्पद भएको बताएका छन ।

महम्मदपुरमा विकास नगरी यहाँको जनतालाई सांसद साहले धोका दिरहेको समेत उनले बताए ।

क्षेत्र नं ३ का सम्पुर्ण जनताको मतले विजयी भएका सांसद साहले चारैतिर समान वरावर विकास गर्नुपर्नेमा अन्य ठाउँहरुमा ठिक ठिकै विकास गरेपनि महम्मदपुरलाई उपेक्षा गरेको नेता यादवले बताए ।

शुभकामनाको नाममा सांसद साहले जनतालाइ ठग्ने काम मात्र गरेको समेत उनले बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका नेता राजकुमार दास तत्मा, युवा नेता कौशरखान मिथिला लगाएतको पनि सहभागिता रहेको थियो ।

यता नेता यादवले आफना गाउँमा सांसद साहले विकास नगरेको आरोप लगाएका छन भने सांसद प्रभु साहले आफु क्षेत्रभरी नै विकास कार्यलाइ तिव्रता दिएको बताउनुभएको छ ।
क्षेत्रको कुनै पनि गाउँमा विकासको सवालमा आफु कहिलै पनि काखापाखा नगरेको सांसद साहले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *