Loading...
राज्य मन्त्री योगेन्द्र यादवले सुकदेव साह कानुको निर्मित शालिकको गरे उदघाटन ।

ओम प्रकाश यादव
कात्तिक १५ गते, रौतहट ।

प्रदेश सांसद एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आज गृह जिल्ला रौतहटको सुकदेव चौकमा सुकदेव साह कानुको निर्मित शालिकको उदघाटन गरेका छन ।

कृषि राज्य मन्त्री यादवले जिल्लाको यमुनामाइ गाउँपालिका १ जेठरहियामा पर्ने सुकदेव चौक स्थित स्वर्गीय सुकदेव साह कानुको निर्मित शालिकको विधिवत रुपमा आज उदघाटन गरेका हुन ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा जनता समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहनुभएका केषि राज्य मन्त्री यादवले आज एक कार्यक्रमकाबीच उक्त शालिकको उदघाटन गरी मालाअर्पण समेत गरेका हुन ।

शालिकको उदघाटन सत्रमा बोल्दै राज्य मन्त्री यामदवले आजभन्दा करिव ६० बर्ष पहिले स्वर्गीय सुकदेव साह कानुको अथक प्रयासबाट शुरु भएको सुकदेव चौकको बिस्तारले आज बिकसित रुप लिएको बताएका छन । सुकदेव चौकको अझै विस्तार गर्न आफु सक्दो सहयोग गर्ने समेत मन्त्री यादवले प्रतिवद्धता जनाएका हुन ।

साहकै नामबाट उक्त चौकको नामाकरण भएको बताउँदै मन्त्री यादवले उहाँको सम्मान स्वरुप ४० लाखको लागतमा स्वर्गीय सुकदेव प्रवेशद्वार जेठरहिया निर्माण हुन लागेको जानकारी समेत दिनुभयो ।

वडा अध्यक्ष नन्दलाल यादवको अध्यक्षतामा सम्पन्न शालिक उदघाटन कार्यक्रममा माधवनारायण नगरपालिकाका मेयर बिरेन्द्र यादव, यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया लगाएतकोे उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *