Loading...
जसपा अध्यक्ष यादव कात्तिक २४ गते रौतहट आउँदै, उनको आगमनले अन्य पार्टीलाइ ठुलो धक्का लाग्ने संकेत ।

ओम प्रकाश यादव
कात्तिक १५ गते, रौतहट ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव रौतहट आउने भएका छन ।

जसपाका राष्ट्रिय अध्यक्ष एवं संघीय सांसद उपेन्द्र यादवको रौतहट आउने कार्यक्रम तय भएको छ । जसपाका राष्ट्रिय अध्यक्ष यादवको आउँदो कात्तिक २४ गते सोमवारका दिन रौतहट आउने कार्यक्रम तय भएको छ ।

रौतहटको देवाही गोनाही नगरपालिका ८ गोनाही बजारमा हुन लागेको वृहत् पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि हुन जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव रौतहट आउन लागेका हुन ।

वृहत् पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन पार्टी अध्यक्ष उपेन्द्र यादवको रौतहट आगमन हुन लागेको कृषि राज्य मन्त्री योगेन्द्र यादवले जानकारी दिनुभएको छ ।

यादवको तयारी र स्वागतको लागि आज दोश्रो दिन पनि जसपा रौतहटका नेताहरुबीच गहन छलफल भएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको हुन लागेको रौतहट आगमनले रौतहटमा जसपा अझै मजबुत हुने विश्वास गरिएको राज्य मन्त्री यादवले बताउनुभयो ।

समाजवादी र राजपा पार्टी मिलेर जनता समाजवादी पार्टी बनेको पहिलो पटक उपेन्द्र यादवको हुन लागेको रौतहट आगमनले अन्य पार्टीलाइ जिल्लामा ठुलो धक्का लाग्ने संकेत गरिएको छ ।

यादवको हातबाट टिका र माल लगाइ ठुलो संख्यामा नेता कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेस गर्ने कार्यक्रम रहेको राज्य मन्त्री यादवले बताउनुभयो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *