Loading...
अर्थमन्त्री पौडेलको आरोपले नेकपामा तरंग, भने-एकता भएन पार्टी एकता गम्भीर संकटमा

१६ कात्तिक, काठमाडौं । नेकपाका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा पुगेको उल्लेख गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै महासचिव पौडेलले पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत प्रश्न उठेको बताएका छन् । आपसी अन्तरविरोधलाई सम्वादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।

महासचिव पौडेलले राजनीतिक स्थायीत्व सुनिश्चित गर्न एकताको औचित्व बिपरीत पार्टी संकटतिर धकेलिएको उनले बताए । विभाजनकै डिलमा पुगेर अडिएको नेकपाले आगामी चैत अन्तिम साता एकताको महाधिवेशन गर्ने गरी गतिविधि अगाडि बढाउने निर्णय गरेको छ । तर, भदौ २६ को स्थायी कमिटीको बैठकको निर्णयअनुसार, नेकपामा कुनै पनि काम हुन सकेको छैन । बरु, कात्तिक १५ बाट बोलाइएको केन्द्रीय कमिटी बैठक एक महिना पछाडि सारिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *