Loading...
‘म प्रचण्डको मान्छे हुँ, केपी ओलीको मान्छे हुँ’ भन्नेले पहिला हैसियत बनाओस – प्रभु साह

१६ कात्तिक, सप्तरी । नेकपा प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहले पार्टीभित्रका केही नेता आफूलाई ठूलो भनिरहे पनि पार्टीको कुनै काम नगरेको बताएका छन् । म प्रचण्डको मान्छे हुँ, केपी ओलीको मान्छे हुँ’ भन्दै उनीहरुले आफूलाई ठूलो देखाउन खोजिरहेका छन्’ उनले भने, ‘तर काम भने केही छैन् । यसले कार्यकर्ता पनि भ्रममा परिरहेका छन् ।’ सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष साहले पार्टीका प्रदेशका केही नेता फलानाको मान्छे भन्दै आफूलाई ठूलो देखाउन व्यस्त रहेको बताए ।

उनले ती नेताहरुलाई आफ्नो हैसियत आफैं बनाउन आग्रह गर्दै ठूलो नेताहरुको हैसियत सापटी नलिइ पार्टीका लागि काम गर्न अनुरोध गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *