Loading...
जनकपुरमा त्रेतायुगको घटना ! एकै पटक पति-पत्नीको मृत्यु, एउटै चितामा अन्तिम संस्कार

१७ कात्तिक, जनकपुरधाम । धनुषा जिल्लाको शहीद नगरपालिका–१ निवासी रामखेलाबन यादव र उनकी पत्नी सुमिन्त्रा देवीको सोमबार बिहान मृत्यु भएको हो । रामखेलाबन ९१ बर्षका थिए भने उनकी पत्नी ८८ बर्षकी थिइन् । रामखेलाबनका छोरा उपेन्द्रका अनुसार रामखेलाबनको मृत्यु भएको ५ मिनेटपछि उनकी पत्नीको पनि मृत्यु भएको हो । एकै दिन मृत्यु भएका दम्पतिको एउटै चितामा अन्तिम संस्कार गरिएको छ ।

बिहान ८ बजेर ५० मिनेतिर रामखेलाबन बसिरहँदा एक्कासी उनको मृत्यु भएको थियो । मृत्युको जानकारी पाएलगत्तै उनकी पत्नीलेको पनि मृत्यु भयो । आमा–बुवा एकैपटक मृत्यु भएपछि स्थानीयले त्रेतायुगमा श्रवणकुमारका माता पिताले एकैपटक मृत्युवरण गरेको घटनालाई सम्झेका छन् । रामखेलाबनका एक छोरा र चार छोरी छन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *