Loading...
ओलीले बाटो लाग्न र पोखरेलले विभाजन हुन लाग्यो भन्नु नै नेकपा फुट्यो, घोषणा हुन् मात्र बाकी

सरोज “खिलाडी”

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको बताएका छन् । आज ट्वीटरमार्फत उनले एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण बनाएर विभाजनको दुर्भाग्य निम्त्याउन लागेको आरोप लगाएका छन् । यस्‍तो दुर्भाग्य निम्त्याउनेहरुलाई सबैले बेलैमा चिनौं, खबरदारी गरौं’ उनले भनेका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले आफूसँग अब अलग होऔं भनेर प्रस्ताव गरेको आफूनिकट नेताहरुलाई ब्रिफिङ गरेका छन् । व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गर्न खोजिएको भन्दै उनले यसको विरोध गर्दै एकता जोगाउन पनि आह्वान गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *