Loading...
जनयुद्धका नायकलाइ ओलीले जरै देखि सिद्धयाए, दम्भले सिद्धिएको प्रचण्डको यि गलत निर्णयहरु

सरोज “खिलाडी”

काठमाडौँ नेकपा पार्टी फुट्ने निश्चत देखिएको चर्चा हुन थालेको छ । नेकपाका शीर्ष नेताहरुले नै सामाजिक संजाल मार्फत पार्टी फुटको संघारमा रहेको भन्न थालेका छन् । जादु जस्तै राता रात एकता गरेका ओली र प्रचण्ड आज कि दुइ धुर्ब तिर फर्के त ? किन ओलीलाई प्रचण्ड गन्हाउन थाल्यो ? यस्तो छ कारण

१) ओलीलाई माओबादी सिध्याउनु थियो जुन कि समाप्त भएर गयो अब प्रचण्डको काम छैन।
२) ओली ति नेता हुन् जसले जति बेला पनि बोलि फेर्न सक्छन र सहमति बाट भाग्न सक्छन। प्रचण्डले चिन्न सकेन।
३) पहिलो संबिधान सभाको चुनाबको बेला देशको ठूलो पार्टी भएको माओबादीका अध्यक्ष प्रचण्ड दम्भमा अन्धो भए र सबै दिग्ज नेताहरु माओबादी छाड्दै हिडे तर प्रचन्डले फर्काउने प्रयास समेत गरेनन ।
४) माओबादि सफल बनाउन प्रचण्ड भन्दा पनि खाका तथा योजना तयार गर्ने डा. बाबुराम भट्टराई समेतले छोड्दा पनि प्रचण्ड घमण्डले अध्यक्ष हु भन्दै बसे।
५) गणतन्त्र बिरोधि मानिएको ओली संग मिल्न जानु सबै भन्दा ठूलो गल्ति।
६) प्रचण्डले आफ्ना सबै सहकर्मी डा बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, विप्लवलगायतलाई छाडेर अ‍ोलीसँग एक्लै गए ? ओली प्रचण्डबाहेक अरुलाई लिन चाहँदैन थिए । ओली माओवादीको मुख्य व्यक्तिमार्फत् नै माओवादी समाप्त गर्न चाहन्थे र त्यो च्क्रभ्युमा फसे।
७) पार्टी एकताका बेला ओलीको स्वास्थ्य स्थिति बिग्रेको थियो र मृगौला फेर्नु परेको थियो। प्रचण्ड ओली पछि को अध्यक्ष म नै छु ओलीलाई केहि भयो भने ठूलो पार्टीको मालिक हुन्छु भन्दै लोभ गर्दा फसे।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *