Loading...
सरकार र पुलिसको कायरता, अर्नब हिरासतमा, पेन बोक्ने पत्रकार समात्न ४० पुलिस घरमा

२० कात्तिक, काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायीक हिरासतमा पठाइएको छ । गएराति अबेर मुम्बई अदालतले गोस्वामीसहित अन्य दुई जनालाई पनि १४ दिनका लागि न्यायीक हिरासतमा राख्न आदेश दिएको हो । गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिएका छन् ।

सो निवेदनमाथि आज सुनुवाइ हुन सक्ने भारतीय सन्चार माध्यमहरुले उल्लेख गरेका छन् । इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइक सन् २०१८ को मे महिनामा अलिबाग तालुकाको कवीर गाउँस्थित आफ्नो फार्म हाउसमा मृत फेला परेका थिए । त्यहाँ फेला परेको सुसाइड नोटमा अर्नबसँगै फिरोज शेख र नितेश सारदाले ५.० करोड भुक्तानी नगरेकाले आफूहरुले आत्महत्या गरेको उल्लेख छ । सन् २०१९ मा रायगढ प्रहरीले यो मुद्दाको फाइल बन्द गरेको थियो ।

तर नाइककी छोरीको उजुरीपछि महराष्ट्रका गृहमन्त्री अनिल देशमुखले फेरि यसको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए । अर्नबलाइ समात्न बिना जानकारी ४० पुलिस घरमा पुगेका थिए। उनलाई डाक्टर संग पनि सल्लाह गर्न दिएन भने उनको श्रीमती र बच्चा लाइ समेत पिटेका थिए। अर्नब सुशान्त सिंह राजपूत र साधु लाइ मारेको सहि सुचना देखाउन सुरु गरेपछि त्यहाका सरकार अर्नब लाइ टर्चर दिदै आएका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *