Loading...
ओली र प्रचण्ड बीच जोडदार चर्काचर्की, षडयन्त्र र गुटबन्दी गर्न तपाइँ बाटै सिकेको हुँ – प्रचण्ड

सरोज “खिलाडी”

नेकपाभित्रको विवाद गम्भीर मोडमा पुगेपछि पार्टी एकतालाई बचाउन तथा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउन बालुवाटारमा पुगेका प्रचण्डसहितका नेताहरुसँग ओली आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले आफूविरुद्ध ५ नेताले गुटबन्दी गरेको गम्भीर आरोप लगाएका थिए भने भने आफूले कुनै पनि हालतमा बैठक नबोलाउन भन्दै जंगिएका थिए । ‘म बैठक बोलाउन्नँ । किन बोलाउने ? मेरा विरुद्ध गुटबन्दी गर्ने ? मलाई असफल  पार्न खोज्ने ?’ ओलीको आक्रोश थियो । ओलीले आफूलाई सँधै अफ्ठारोमा पार्ने काम पार्टीभित्रै बाट भइरहेको भन्दै जनमतको अपमान नगर्न समेत चेतावनी दिए ।

त्यसपछि प्रचण्डपनि जंगिएका थिए । प्रचण्डले गुटबन्दी आफूहरुले नभइ तपाइँ बाटै भएको जवाफ फर्काएका थिए । प्रचन्डले भने -“जबज ब्यूँताउने भन्दै जुम बैठक गरेर गुटबन्दीको आह्वान तपाइले गरेको हो । हरेक विषयमा मनपरी गर्ने तथा पार्टीमा कुनै छलफल नगर्ने तपाइँ नै हो । हामीले के नै गरेका हौ र ? तपाइले जे जे गर्नु भएको छ त्यसको जवाफ दिदै छौ त्यो पनि तपाइँ बाटै सिकेको हो। बैठकभर ओली र ५ नेताहरुबीच एकले अर्कालाई आरोप प्रत्यारोपमै २ घण्टा सकिएको थियो ।

अन्तिममा विवाद र आरोप प्रत्यारोपले थप समस्या नित्याउने भन्दै सहमति र समझदारीमै अघि बढ्नुपर्ने र यसमा ओली सहमत हुनपर्ने भन्दै ५ नेताहरु उठेर हिँडेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *