Loading...
नेकपा कलहमा फस्दै, नेता कार्यकर्ताहरु जसपामा प्रवेश गर्दै, प्रदेश २ मा सिद्धिने संकेत

सरोज खिलाडी

बिरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सांसद प्रदीप यादवले नेकपा सरकार जनतालाई दुःख परेको बेला पनि सत्ता र पार्टी जोगाउन व्यस्त रहेको आरोप लगाएका छन् । जनता समाजवादी पार्टी वीरगञ्ज–२१ वडा इकाइ समिति परवानीपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै सांसद यादवले सरकारमा रहेको नेकपा सरकारको लागि जनता भन्दा सत्ता प्यारो रहेको आरोप लगाए । सांसद यादवले अबको वैकल्पिक शक्ति जनता समाजवादी पार्टी हुने निश्चित रहेको बताए । जनता समाजवादीको अबको संघर्ष मधेशमा मात्र नभई देशैभर एकसाथ हुने उनले बताए । कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी १ सय २५ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । अहिले प्राय जसो प्रदेश २ मा पार्टी प्रवेश कार्यक्रम हुदै आएको छ। यस अघि बारा, पर्षा, सप्तरी धनुषा लगायतमा पार्टी प्रवेश कार्यक्रम जसपा नेपालले गरिसकेको छ भने हजारौले पार्टी प्रवेश गरिसकेका छन्। प्रवेश गर्ने अधिकांश स्थानीय चर्चित नेताहरु र उनका कार्यकर्ताहरु रहेको छ। सप्तरीमा त गएको चुनाबमा प्रतिनिधि सभाका संसदका लागि बनेको उम्मेदवारहरुनै जसमा प्रवेश गरेका छन्। चर्चित र हजारौ नेता कार्यकर्ता हरु प्रवेश गर्ने भएपछी त्यस्तो कार्यक्रममा डा बाबुराम भट्टराई देखि उपेन्द्र यादव आफै नै जाने गरेको छ। आउदो कार्तिक २४ गते फेरी रौतहट मा पार्टी प्रवेश कार्यक्रम रहेको छ भने त्यस कार्यक्रममा पनि जसपा अध्यक्ष यादव आफै जाने कार्यक्रम रहेको छ। यसका लागि कार्तिक १५ गते देखि नै तयारि सुरु भएको छ। पार्टी प्रवेश गर्ने अधिकांश नेता कार्यकर्ताहरु नेकपाका रहेका छन्। कार्तिक २४ गतेको कार्यक्रममा पनि नेकपामा पहिरो जाने समाचार प्राप्त भएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *