Loading...
रौतहटमा कांग्रेस र नेकपा नामका पसलहरु धमाधम बन्द हुँदै, २ हजार ४८७ ले गरे जसपामा प्रवेश

ओम प्रकाश यादव रौतहट, कात्तिक २४ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले अधिकारबाट बञ्चित गराइएका समुदायको अधिकारको लागि आफना पार्टी सडकदेखी र सदनसम्म आन्दोलन गर्ने बताउनुभएको छ ।  रौतहटको देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा सोमवार आयोजित वृहत पार्टी प्रवेस तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले जनता समाजवादी पार्टी अझै संघर्षकै क्रममा रहेको र सडकदेखी सदनसम्म आन्दोलन गरेर भएपनि मधेशी, थारु, आदिवासी, जनजाती लगाएत समुदायको अधिकार प्राप्त गरेरै छाडने दावी गर्नुभएको छ । एक अर्को प्रसंगमा अध्यक्ष यादवले ओली नेतृत्वको कम्युनिष्ट सरकार देशबाट लोकतन्त्र र गणतन्त्रलाई समाप्त गर्ने खेलमा लागेको आरोप समेत लगाउनु भएको छ । नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र मुलुक हुने छ भन्ने कुरा नेपालको संविधानमा प्रष्ट लेखेको भएपनि ओली सरकार यसको विरुद्ध रहेको उहाँले बताउनुभयो । जनता समाजवादी पार्टी नेताल रौतहटले आयोजना गरेको पार्टी प्रवेस कार्यक्रममा नेकपा र कांग्रेसबाट ठुलो संख्यामा विभिन्न नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन । नेकपा र कांग्रेस परित्याग गरी २३ सय भन्दा बढी व्यक्ति जसपामा प्रवेस गरेको छ । नवप्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले टिका र माला लगाएर पार्टीमा स्वागत गर्नुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *