Loading...
भत्ताको लोभमा रौतहटमा नक्कली पत्रकारको विगविगी, भत्ताको लोभमा युवाहरु आफना भविश्य बर्बाद गर्दै ।

ओम प्रकाश यादव
कात्तिक २९ गते, रौतहट ।
पछिलो समय रौतहटमा गैर अर्थात नक्कली पत्रकारको विगविगी ह्वातै बढेको छ । समाचारको स पनि लेख्न नजान्नेहरु समेत आफुलाई पत्रकार भन्दै हिडन थालेका छन ।
जिल्लामा भत्ताको लागि नै नक्कली पत्रकारको विगविगी बढेको देखिएको छ । भत्ता पाइने लोभमा रौतहटमा हुने गरेको कार्यक्रमहरुमा वास्तविक भन्दा गैर अर्थात नक्कली पत्रकारहरु नै बढी सहभागि हुने गरेका छन ।

खास गरेर स्थानीय निकायहरुको कार्यक्रममा यस्ता नक्कली पत्रकारहरुको सहभागिता बढी हुने गरेको देखिएको छ ।

कार्यक्रम जाँदा हजार पाँच सय भत्ता पाइन्छ भन्दै समाचारको स पनि लेख्न नजान्ने युवाहरुले आफुलाई पत्रकार भन्दै कार्यक्रममा सहभागि हुने गरेका छन ।
पाँच सय हजार रुपैया भत्ताको लोभमा परेर जिल्लाका अधिकांश युवापिढीहरु आफुलाई पत्रकार भन्दै विभिन्न कार्यक्रमहरुमा सहभागि भइरहेका छन ।

पाँच सय हजार रुपैया भत्ताको लोभमा परेर यहाँका युवाहरुले पढाइ लेखाइमा कुनै ध्यान नदिई आफना भविश्य बर्बाद गर्न लागेका छन ।
पढनुपर्ने उमेर र समयमा लेखपढ गर्न छाडेर युवाहरु केहि समयको मात्रै फाइदाको लागि अर्काको लहलहीमा परेर भत्ताको लोभमा आफना भविश्य बर्बाद गरिरहेको देखिएको छ ।
केहि समयको लागि चर्चामा आउन र पैसा कमाउने लोभमा परेर युवाहरु दिन दिनभरी कुनै न कुनै कार्यक्रममा सहभागि भएर आफना भविश्य बर्बाद गरिरहेको जानकारहरुको भनाई छ ।
समाचारको स पनि लेख्न नआउनेहरु यसरी बलजबरजस्ती पत्रकार बन्दा त्यसको प्रत्यक्ष असर बास्तविक पत्रकारहरुलाई परिरहेको रातोपाटी रौतहटका संवाददाता एवं बरिष्ठ पत्रकार संजय मिश्राले बताउनुभएको छ ।
पत्रकार आचार संहिताको बारेमा समेत थाहा नभएको गैर पत्रकारहरुले अरुले लेखेको समाचारलाई कपी पेस्ट गरेर पत्रकारिता पेशालाई अर्मादित बनाएको पत्रकार मिश्राले बताउनुभयो ।
गैर पत्रकारका कारण वास्तवीक पत्रकारलाई समेत लज्जित हुनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

अरुको समाचार र स्टेटसलाई कपी पेस्ट गर्ने गैर पत्रकारको विगविगी बढेका कारण आफुलाई पत्रकार भन्न समेत लाज लाग्न थालेको उनले बताए ।
कतिपयले पत्रकारिताको आडमा गलत काम समेत गरिरहेको पाइएको छ ।
नक्कली पत्रकारहरुले दर्ता नगराइ नक्कली अनलाइन र मिडियाको नामबाट फेसबुक आइडी खोलेर त्यसमा अनावश्यक जथाभावी पोस्टहरु लेखेर ठगि गरिरहेको पाइएको छ ।
गैर पत्रकारको कारण पत्रकारिता पेशा बदनाम हुँदै गएपनि यसलाई नियन्त्रण गर्न नेपाल पत्रकार महासंघ रौतहट कुनै ध्यान दिएको छैन ।
पत्रकार महासंघ रौतहटका अध्यक्ष रविन्द्र साहले जिल्लामा गैर पत्रकारको विगविगी बढेकोमा महासंघ चिन्तित भएको बताएका छन ।

त्यस्ता नक्कली पत्रकारलाई सबैले मिलेर समाजिक रुपमै बहिस्कार गर्नुपर्ने अध्यक्ष साहले बताए । गैर पत्रकारलाई समाजिक बहिस्कार गर्नुपर्ने अध्यक्ष साहले बताएपनि नियन्त्रणको लागि कुनै ठोस जवाफ दिन सकेको छैन ।

महासंघको ढिला सुस्तीका कारण नै जिल्लामा नक्कली पत्रकारको संख्यामा दिनप्रति दिन वृद्धि हुँदै गएको छ ।

जिल्लामा गैर पत्रकारको संख्या बढेपनि पत्रकार महासंघ रौतहटले अहिलेसम्म कसैलाई पनि कार्यवाही गर्न सकेको छैन ।

पत्रकार महासंघले ठोस कदम नचालेसम्म यस्को नियन्त्रण हुन नस्कने भएकोले गैर पत्रकारलाई नियन्त्रण गर्नको लागि पत्रकार महासंघले ठोस कदम चाल्नुपर्ने आवश्यक्ता रहेको देखिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *