Loading...
किशोरीको बलात्कार र हत्या हुँदा पनि सांसद रेखा झा र सरलाको विज्ञप्ती किन आएन ः संजीव यादव

ओम प्रकाश यादव
कात्तिक ३० गते, रौतहट ।
जनता समाजवादी पार्टीका युवा नेता संजिव कुमार यादवले मेयर र महिलाहरुमाथी अपशब्द प्रयोग गरेको भन्दै पुर्व मन्त्री एवं सांसद अनिल कुमार झा उपर विज्ञप्ती निकाल्ने सांसद रेखा झा र पुर्व सांसद सरला यादव रौतहटमा किशोरीको हत्या र बलात्कार हुँदा पनि किन चुप लागेर बसेको भन्दै प्रश्न गरेका छन ।

सांसद अनिल झा जनता समाजवादी पार्टीका नेता भएकै कारण उहाँको कुरालाई विवादित बनाएर केहि समयअघि मात्रै नेकपाकी सांसद रेखा झा र पुर्व सांसद यादवले सांसद झाको राजिनामाको माग गर्दै आन्दोलन समेत गरेकी थिइन जसका कारण सांसद झाले क्षमा पनि मागे, तर आज रौतहटमा दिनप्रतिदिन किशोरीको हत्या र बलात्कार हुँदा समेत त्यही सांसद रेखा झा र सरला यादवले अहिले किन विज्ञप्ती निकालेन किन चुप लागेर बसेको र आन्दोलन किन नगरेको भन्दै जसपा नेता संजिव यादवले प्रश्न गरेका छन ।

जसपा नेता यादवले आज समाजिक संजाल फेसबुकमा स्टेटस लेखेर यस्तो बताएका छन ।
नेता यादवले लेखेको स्टेटस जस्ताको त्यस्तै ।

किशोरीको हत्या र बलात्कृत हुदा संसद रेखा झा र सरला यादव जी प्रेस विज्ञप्ति किन निकालनु भएन? संजीव कुमार यादव जसपा नेपाल ।
रौतहटमा दिनप्रतिदिन घटना बढ्दै जादा चिन्ताको विषय बनेको छ।तर त्यो घटना नियन्त्रण त अलगको कुरा हो घटेको घटनाको दोषी राजनितिक संरक्षण पाइ उमकेकाछन्। भर्खरैको घटना रहेकोछ। १ र २ महिनाको अन्तरालमा आधा दर्जन भन्दा बढी जघन्य अपराधको घटना घटेका छन्। जस्तैः( कर्तव्य ज्यान, जबर्जस्ती करणी, करणी पछि हत्या जस्ता अपराध हुनु र सम्बन्धित निकाय असफल हुनु र राजनीतिक दल दोषी पत्ता लगाउन सहयोग भन्दा पनि हस्तक्षेप गर्नु दुर्भाग्य बाहेक केहि पनि हुन सक्दैन्। कुनै पनि राजनितिक दल भएको अपराध विरुद्ध आन्दोलन गरि दिएन्न। प्रेस विज्ञप्ति निकालि दिएन्न। जुन पनि राजनितिक दल किन नहोस्। तर भर्खरै जिल्लामा भुचाल नै आएको थियो। कारण थियो जसपा नेता अनिल कुमार झाको अभिव्यक्ति।जुन अभिव्यक्ति महिलाको इज्जत , प्रतिष्ठा माथि आच आएको भन्ने अभिव्यक्ति हो भनि विभिन्न संघ संस्था लगायत, महिला संगठनले प्रेस विज्ञप्ति निकालेर आन्दोलन समेत गरे। धेरैले यो राजनीतिक षड्यन्त्र, बदनाम गर्ने उदेश्यका लागि गरेको आरोप प्रत्यारोप लागेको दावी समेत गरेको थियो। हालाँकि विभिन्न दबाबका साथ कारण जसपा नेता झाले सामाजिक संजालको माध्यमबाट क्षमा मागेको थियो। ग्लति सानो वा ठूलो होस, गल्ती नै हो। तर प्रश्न यहा छ कि मान्निय रेखा झा वा कृष्ण यादव वा अन्य हामी सबैको नेता हो। जनताको नेता हो कुनै पार्टी विशेषको होइन। अमर्यादित अभिव्यक्ति प्रति आवाज उठाउनु जायज हो भने किसोरीको बलात्कार र हत्या हुदा मा. रेखा झा जि ले प्रेस विज्ञप्ति र आन्दोलन किन गरिदिएन्न? के रेखा जि जनताको नेता हो कि पार्टी को? विपक्षीको टिप्पणी मात्र गर्ने कि जनताको हक अधिकार को बारे मा लडने? बलात्कार भन्दा जघन्य अपराध अमर्यादित अभिव्यक्ति हुन रेखा झा जि को नजरमा? रौतटहमै हिरासतमा मारिएको विजय रामको आमाको आसु झरिरहेको हुदा रेखा झा जि प्रेस विज्ञप्ति किन निकालनु भएन, आन्दोलन किन गरि दिनु भएन? एक मानव र अर्को बीच रेखा जि विभेद किन? कि तपाईं फेमस हुन मोडेल हुन यो सब गर्नु भएको रहेको छ। हामी जनताले तपाईं संग प्रश्न गर्ने अधिकार छ।
जिल्लाको माधवनारायण नगरपालिका– ७ लौकाहा टोलकी एक किशोरीको बुधबार राति गोली हानी हत्या भयो । स्थानीय रामअयोध्या साहकी १८ वर्षीया छोरी अमृताकुमारीलाई गोली प्रहार गरि हत्या गरेको थियो। त्यही गाउको सांसद सरला यादव जी ले पनि प्रेस विज्ञप्ति निकाले हुनथ्यो की।
प्रहरीका अनुसार घरमै सुतिरहेकी अमृतालाई राति करिब ११ बजे कन्चटमा गोली प्रहार गरिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताए । अमृताको विवाह भइसकेको थियो । प्रेम सम्बन्धका कारण उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
अमृताको विवाह फागुन ०७६ मा सर्लाही मधुवनगोठ गाउँका रूपेश साहसँग भएको थियो । गत असारमा पतिसँग सम्बन्धविच्छेदपछि उनी माइतीमै बस्दै आएकी थिइन् ।
यसअघि १६ असोज दिउँसो घाँस लिन गएकी बृन्दावन नगरपालिकाकी १६ वर्षीया किशोरीको पनि गाउँकै उखुबारीमा बलात्कारपछि हत्या भएको थियो । उनी मामाघरमा बस्दै आएकी थिइन् । यस्तै, १४ भदौमा गढीमाई नगरपालिका–३ मुसहरी टोलका सकल बैठाकी श्रीमती मिन्त्रादेवीको घाँस काट्न जाँदा उखुबारीमै हत्या भएको थियो । बिहानै घरबाट निस्केकी उनी साँझसम्म घर नफिरेपछि खोजी गर्दा उखुबारीमा बीभत्स ढंगले हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो ।
९ असोज राति देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँका महेश तिवारीदम्पतीमाथि आक्रमण भयो । आक्रमणमा परी उनकी पत्नी जगरामी देवीको मृत्यु भयो । देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखियासहित चारजनाले उनीहरूमाथि आक्रमण गरेका थिए ।
यस्तै, २२ असोजमा दुर्गा भगवती गाउँपालिका–४ छतौनाका महमद धुनियाकी सात वर्षीया छोरी रोबिना मन्सरीको हत्या भयो । छतौनाकै फूल महम्मद, लाल महम्मद, नसुद्दिन मन्सुरी र सहनाज मन्सुरीले उनको हत्या गरी छिमेकी जनरल कवाडीको घरमा शव राखेर फरार भएका थिए ।
१४ असोजमा प्रहरी हिरासतमा एक महिलाको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय, गरुडाको हिरासतमा रहेकी गुजरा नगरपालिका–२ कटानी बजारकी राधिका राउतको मृत्यु भएको हो ।
रौतहटमा ३ महिना मा ५ महिलाको हत्या हुदा रेखा सरला यादव जि प्रेस विज्ञप्ति किन निकालनु भएन? तपाई त महिला अधिकार कर्मी कहा चुक्नु भयो? के वहाहरु महिला होइन्न? कि वहाको लागि तपाइ आवाज उठाउदा तपाईको कद घटथ्यो? यस्तो मा मोडेल बन्ने अवसर कहि गुमाउनु भएन्त?? लिखित जवाफ को प्रतिक्षामा रहेका छन्। रौतहटका जनता? उतर चाहियो संसद रेखा झा सरला जि ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *