Loading...
माधोपुरका वडा अध्यक्ष राजीव यादवले ४ सय व्रतालुलाई दाउरा,सुपली र साडीसेट गरे वितरण ।

ओम प्रकाश यादव
मंसिर १ गते, रौतहट ।
रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरका वडा अध्यक्ष राजीव कुमार यादवले छठ व्रत बस्ने व्रतालुहरुलाई आज दाउरा, सुपली र साडीसेट सहयोग गरेका छन ।
वडा अध्यक्ष यादवले आज एक कार्यक्रमका बीच माधोपुरका सयौ व्रतालु महिलाहरुलाई दाउरा, सुपली, साडी, ब्लाउज लगाएतका सामग्रि सहयोग गरेका छन ।
जसपाबाट वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष राजीव यादवले माधोपुरका चार सय छठ पर्व गर्ने व्रतालुहरुलाई छठको लागि आवश्यक पर्ने दाउरा, सुपली, साडीसेट लगाएतका सामग्रि सहयोग प्रदान गरेको उनका भाइ संजीव यादवले जानकारी दिएका छन ।
महिला शिर्षक अन्तरगतको दलित, एकल, अशक्त महिला र विपन्न महिला लगायतको सम्पुर्ण ब्रतालु महिलाहरुलाई साडी वितरण गरिएकामे वडा अध्यक्ष राजीव यादवले बताए ।
यस वडा भित्रका २१ जात जातिका छठ पर्व गर्ने महिलाहरुलाई कोभिड १९ का कारणल गर्दा आय आर्जन गर्न थप समस्या भएकोले सम्मान र सहयोगको भावनाले आफुले व्रतालु महिलाहरुलाई एक एक थान दाउरा,सुपली र साडीसेट सहयोग गरेको वडा अध्यक्ष यादवले बताएका छन ।
माधोपुरका अन्य व्रतालु महिलाहरुलाई दाउरा, सुपली र साडीसेट वितरण गरिने उनले बताए ।
भोली पनि दाउरा, सुपली र साडी वितरण गरिने वडा अध्यक्ष यादवले बताए ।
वितरण कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका रौतहट क्षेत्र नं १ विधानसभा क्षेत्र ख को अध्यक्ष संजीव कुमार यादव, जसपा नेपाल वडा नं ६ वडा कमिटीको अध्यक्ष संजय कुमार यादव, वरिष्ठ उपाध्यक्ष रुपनारायण राय ,उपाध्यक्ष रत्नेश कुमार चौधरी, वडा सदस्य प्रत्याशी प्रमोध साह कानु, वडा कमिटीको सचिव देवनारायण साह कानु ,यूवा नेता मनोज कुमार यादव, रामजलम गिरी , धर्मेन्द्र कुमार दास लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *