Loading...
समाजसेवी कन्थमनी जयसवालले आज दोश्रो दिन पनि १३० व्रतालुहरुलाई बाडे साडीसेट ।

ओम प्रकाश यादव
मंसिर १ गते, रौतहट ।
समाज सेवामा सदैव तत्पर रहने रौतहट गरुडाका चर्चित समाजसेवी कन्थमनी प्रसाद जयसवालले छठ व्रतालुहरुलाई यतिखेर धमाधम साडीसेट वितरण गरिरहेका छन ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य तथा रौतहट निर्वाचन क्षेत्र नं ४ का सांसदका प्रत्याक्षी समेत रहेका समाजसेवी जयसवालले हिजोदेखी आफना क्षेत्रका छठ पर्व गर्ने व्रतालुहरुलाई आफना निजि लगानीमा साडीसेट वितरण गर्न शुरु गरेका छन ।
समाजसेवी कन्थमनी जयसवालले अहिले गाउँ गाउँ पुगेर अति गरिव तथा विपन्न परिवारका एकल महिला तथा वृद्धवृद्धाहरुलाई खोजी खोजी साडी वितरण गरिरहेका छन ।
नेता जयसवालले आज दोश्रो दिन पनि छठ व्रत बस्ने १३० जना व्रतालुहरुलाई साडीसेट सहयोग गरेका हुन ।
हिजो मात्र गरुडा नगरपालिका २ गेडही गुठीमा एक सय ११ व्रतालुलाई साडीसेट वितरण गरेका समाजसेवी कन्थमनी जयसवालले आज पनि एक सय ३० जना व्रतालुहरुलाई साडीसेट सहयोग गर्नुभएको छ ।
गरुडा घरभएका जसपाका केन्द्रिय सदस्य तथा सांसद पदका उम्मेदवार जयसवालले आज गरुडा नगरपालिकाको मलाहीटोलका ६० जना र गरुडा टोलका ७० जना गरी छठ पर्वमा व्रत बस्ने १३० जना व्रतालुहरुलाई साडी, ब्लाउज, चुरा लगाएतका सामग्रि सहयोग गरेका छन ।
अति गरिव तथा विपन्न महिला, एकल महिला र वृद्धवृद्धाहरुलाई छठ पर्वमा केहि राहत पुग्ने उद्देश्यले आफु साडी वितरण कार्य शुरु गरेको समाजसेवी जयसवालले बताए ।
समाजसेवी जयसवालले हिजो र आज गरी जम्मा २४१ जना व्रतालुहरुलाई साडी वितरण गरिसकेका छन । साडी वितरण गर्ने अभियान अझै जारी नै रहेको र भोली पनि वितरण गरिने समाजसेवी जयसवालले बताए ।
समाजसेवी जयसवालले यस अघि पनि कोरोनाका कारण जारी गरिएको लकडाउनबाट प्रभावित भएका गरिव परिवारहरुलाई खोजी खोजी खाद्यान र मेडिकल सामग्रि सहयोग गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *