Loading...
जंगली निलगाइ र बदेलको आतंकका कारण कटहरिया नगरबासी हैरान ।

ओम प्रकाश यादव
मंसिर १ गते, रौतहट ।
रौतहटका किसानहरुले जंगली जनावरको आतंकले गर्दा आफनो खेत र करेसाबारीमा बाली नाली तथा तरकारी बाली लगाउन छोडेका छन ।

जिल्लाको कटहरिया नगरपालिका अन्तरगत पर्ने भषेढवा, झौवा, हर्षाहा,बडेडवा लागएतका गाउहरुमा नजिकै रहेको जंगलबाट आउने गरेको जंगली निलगाई र बदेलले धान लगाएतका बाली नष्ट गर्न थाले पछि किसानहरु चिन्तित भएका छन।

रातीको समयमा समुह बनाएर जंगलबाट आएका जानवरहरुले किसानको बालीनालीमा क्षती गर्न थाले पछी सोको डरले अहिले किसानहरुले गहु र नगदेबालीको रुपमा रहेका मसुरा ,मकै लगाउन छाडेका हुन ।
बालीनाली नष्ट गर्ने जंगली जनावरको नियन्त्रणका लागि किसानहरुले सम्बन्धी निकायसँग माग गरेका छन ।

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *