Loading...
गरिवको सहारा बन्दै जसपा नेता कन्थमनी जयसवाल, ५१७ व्रतालुहरुलाई गरे साडीसेट सहयोग ।

ओम प्रकाश यादव
मंसिर ३ गते, बुधवार रौतहट ।
समाज सेवामा सदैव तत्पर रहने रौतहटका चर्चित समाजसेवी कन्थमनी प्रसाद जयसवालले अहिले गरिव, विपन्न तथा असाहाय परिवारको सहारा बन्दै गएका छन ।
गरुडा घरभएका समाजसेवी जयसवालले छठ व्रतालुहरुलाई यतिखेर धमाधम साडीसेट वितरण गरिरहेका छन ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य तथा रौतहट निर्वाचन क्षेत्र नं ४ का सांसदका प्रत्याक्षी समेत रहेका समाजसेवी जयसवालले विगत केहि दिनदेखी आफना क्षेत्रका छठ पर्व गर्ने व्रतालुहरुलाई आफना निजि लगानीमा साडीसेट वितरण गरिरहेका छन ।

समाजसेवी कन्थमनी जयसवालले अहिले गाउँ गाउँ पुगेर दलित, अति गरिव तथा विपन्न परिवारका छठ पर्व गर्ने व्रतालुहरुलाई खोजी खोजी साडी वितरण गरिरहेका छन ।
समाजिक तथा धार्मिक काममा अग्रसर रहदै आएका नेता तथा समाजसेवी जयसवालले साडी वितरणको आज चौथो दिन गरुडा नगरपालिका ७ भिमडावर र पिपरीया दोस्तियामा १११ व्रतालुहरुलाई साडीसेट र श्रृंगारको सामान सहयोग गरेका हुन ।

नेता जयसवालले भिमडावरमा ७० र पिपरीया टोलमा ४१ गरी १११ जना छठ पर्व गर्ने व्रतालुहरुलाई साडीसेट वितरण गरेका छन ।
नेता जयसवालले हिजो पनि गरुडा नगरपालिकाको पोठियाही, अमरपटी, शिवनगर र जयनगरमा एक ६५ भन्दा बढी व्रतालुहरुलाई साडीसेट सहयोग गरेका थिए ।
गरुडा घरभएका जसपाका केन्द्रिय सदस्य तथा सांसद पदका उम्मेदवार जयसवालले यसअघि मलाहीटोल, गरुडा, गेडहीगुठी लगाएत गाउँमा गरी अहिलेसम्म ५१७ व्रतालुहरुलाई साडीसेट र श्रृंगारका सामग्रि वितरण गरिसकेका छन ।
व्रतालुहरुलाई साडी, ब्लाउज, चुरा लगाएतका सामग्रि सहयोग गर्ने काम गरिरहेको उनले बताए ।
अति गरिव तथा विपन्न महिला, एकल महिला र वृद्धवृद्धाहरुलाई छठ पर्वमा केहि राहत पुग्ने उद्देश्यले आफु साडी वितरण कार्य शुरु गरेको समाजसेवी जयसवालले बताए ।

समाजसेवी जयसवालले शुरु गरेको साडी वितरण अभियानको आज चौथो दिनसम्म ५१७ व्रतालुहरुलाई साडीसेट वितरण गरिसकेका छन ।

साडी वितरण गर्ने अभियान अझै जारी नै रहेको र भोली पनि वितरण गरिने समाजसेवी जयसवालले बताए । आफु समाजसेवामा नै आफना जिवन बिताउने बताउदै जयसवालले जनताको सेवामा नै आफना पुरै जिवन बिताउने बताएका छन । निर्वाचनमा पराजित भए पनि जनताको सुख दुखमा साथ दिनबाट कहिले पनि पछि नहटने नेता जयसवालले बताए ।
समाजसेवी जयसवालले यस अघि पनि कोरोनाका कारण जारी गरिएको लकडाउनबाट प्रभावित भएका गरिव परिवारहरुलाई खोजी खोजी खाद्यान र मेडिकल सामग्रि सहयोग गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *