Loading...
समाजसेवी लालबाबु जयसवालले ११० व्रतालुहरुलाई साडीसेट गरे सहयोग ।

ओम प्रकाश यादव
मंसिर ३ गते, रौतहट ।
रौतहटको दुर्गाभगवती गाउँपालिका १ गंगा पिपरा घर भएका समाजसेवी लालबाबु जयसवालले आज छठ पर्व गर्ने सयौ व्रतालुहरुलाई साडीसेट सहयोग गरेका छन ।
समाजसेवी जयसवालले छठ पर्व गर्ने ११० जना व्रतालुहरुलाई आज एक कार्यक्रमकाबीच साडीसेट वितरण गरेका छन ।

समाजसेवी लालबाबु जयसवालले दुर्गा भगवती गाउँपालिका १ गंगा पिपरा बजारमा आज आयोजित एक कार्यक्रमकाबीच गंगा पिपराका ११० जना व्रतालुहरुलाई आफना जिनी लगानीमा साडीसेट वितरण गरेका छन ।

यस वडा भित्रका सबै जात जातिका छठ पर्व गर्ने महिलाहरुलाई कोभिड १९ का कारणले गर्दा आय आर्जन गर्न थप समस्या भएकोले सम्मान र सहयोगको भावनाले आफुले आफनै लगानीमा व्रतालु महिलाहरुलाई एक एक थान साडीसेट सहयोग गरेको समाजसेवी जयसवालले बताएका छन ।

कोरोना महामारीका कारण प्रभावित बनेका व्रतालुहरुलाई सम्मान र सहयोग गर्ने भावनाले आफुले उनिहरुलाई आफनै लगानीबाट साडीसेट वितरण गरेको समाजसेवी जयसवालले बताए ।
मेयर प्रत्यासी शम्भु सिंह, महेन्द्र महतो लगाएतको रोहवरमा साडी वितरण गरिएको स्थानीय रविन्द्र साहले जानकारी दिएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *