Loading...
नेकपाका नेताको अहंकारका कारण रौतहटमा नेकपाप्रति जनताको आक्रोस पैदा हुँदै ः मन्त्री यादव ।

ओम प्रकाश यादव
मंसिर ७ गते, रौतहट ।
प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले विगतका दिनमा रौतहटमा भएका आधा दर्जन भन्दा बढी व्यक्तिको हत्यारालाई कार्यवाही गर्न माग गरेका छन ।
नेकपाका रौतहटका एक नेताले आफना व्यक्तिगत स्वार्थ पुर्ति गर्नका लागि विगतका दिनमा आधा दर्जनभन्दा बढी व्यक्तिको हत्या गराएको राज्य मन्त्री यादवले बताएका छन ।
रौतहटको इशनाथ नगरपालिकाको औरैयामा आज जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका राज्य मन्त्री यादवले सत्ता र पावरको आडमा कयौं व्यक्तिको हत्यारा रौतहटमा खुल्याम घुमिरहेको बताएका छन ।
आधा दर्जन भन्दा बढी निर्दोश व्यक्तिको हत्या गर्ने हत्यारालाई सरकारले अहिलेसम्म कार्यवाही गर्न नसक्नु र उसले सत्ता र पावरको बलमा खुल्याम घुम्नु दुखद भएको उनले बताए ।
विगतका दिनमा भएका विश्व हिन्दु परिषद महासंघका अध्यक्ष काशीनाथ तिवारी, अन्तरास्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागी, खेसरहियाका शिक्षक सुनिल यादव, पतौराका कृष्ण साह, मनक राय, रामदेव यादव, नथुनी यादव, दोस महम्मद लगाएतका व्यक्तिको हत्या नेकपाका रौतहटका नेताको योजनामा भएको भन्ने कुरा जनताले स्पष्ट बुझिसकेको मन्त्री यादवले बताएका छन ।
राज्य मन्त्री यादवले यी सबै व्यक्तिको हत्यारा रौतहटमा खुल्याम घुमिरहेकोले त्यसलाई अविलम्ब नियन्त्रणमा लिई कार्यवाही गर्न सरकारसँग माग गरेका छन ।
विगतको नेकपा माओवादी, एमाले र अहिलेको नेपाल कम्युनिष्ट पार्टी नेकपा देशको एक जिम्मेवार पार्टी रहेको र उसको निती सिद्धान्त समेत राम्रो भएपनि यसैपार्टीको रौतहटका केहि नेताको अहंकार, जातिय उमाद, अपराधिक गतिविधि, अपराधिक चिन्तन तथा सोचका कारण देश सहित खास गरी रौतहटमा नेकपातर्फ सर्वसाधारण जनताको आकर्षण घटदै गएको राज्य मन्त्री यादवले बताए ।
नेकपाको ति नेताको व्यक्तिगत गलत सोच, विचार, निति तथा गलत सिद्धान्तका कारणले गर्दा सिंगो नेपाल कम्युनिष्ट पार्टी नै बदनाम हुँदै गएकोले उक्त नेताप्रति नेकपाका शीर्ष नेताहरुले ध्यान दिनुपर्ने आवश्यक रहेको समेत उनले बताए ।
विभिन्न व्यक्तिको हत्या गर्ने हत्याराले आफु कतिखेर जेलमा जान्छ कुनै ठेगान नभए पनि उल्टै फलानो हत्या काण्डको दोषीलाई कार्यवाही गर्नु पर्छ भन्ने कुरा भन्दा लजास्पद भएको उनले बताए ।
आफुले गरेको अपराध तथा हत्या हिंसालाई ढाकछोप गर्न नै नेकपाका एक रौतहटेली नेताले गौर हत्या काण्डको प्रचार गर्दै हिडेको राज्य मन्त्री यादवले आरोप लगाएका छन ।
विभिन्न हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने र पीडितले न्याय पाउनुपर्ने राज्य मन्त्री यादवले बताए ।
राज्य मन्त्री यादवले नेकपा प्रदेश २ का अध्यक्षलाई आफनो सरकारले कोरोनामा गरेको खर्च सर्वजनिक गरेर देखाउन चुनौति दिएका छन ।
राज्य मन्त्री यादवले भने यदि हिम्मत छ भने आफनो सरकारले कोरोनामा गरेको १० अर्ब खर्चको हिसाव किताव लिएर देखाओस अनि म मान्छु, ।
हिसाव किताव लिए आफुपनि साथ दिने समेत उनले बताए । आफनो सरकार काण्डैकाण्डमा फसेको र चारैतिर भ्रष्टाचारमा नै लिप्द हुँदा पनि एक शब्द पनि नबोल्ने नेकपाका रौतहटेली नेताले दिनभरी प्रदेश २ सरकारको बारेमा नै गलत प्रचारबाजी गर्दै हिडनु लजास्पद भएको उनले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *