Loading...
रौतहटमा ४ किलो लागुऔषध गाँजा सहित एक पक्राउ, गलत क्रियाकलाप गर्नेमाथी गरुडा प्रहरीको कडा एक्सन ।

ओम प्रकाश यादव
मंसिर १० गते, रौतहट । रौतहटमा आज ४ किलो लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन ।

लागुऔषध गाँजा सहित जिल्लाको माधवनारायण नगरपालिका बास्ने ५० वर्षिय जोखु राय यादव पक्राउ परेका छन ।

जिल्लाको जयनगर दिपही सडक खण्डबाट चेकजाँचको क्रममा आज यादवलाई लागुऔषध गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलको कमाण्डमा चेकजाँचमा खटेको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो ।
जयनगरबाट दिपही तर्फ जाँदै गरको अवस्थामा चेकजाँच गर्ने क्रममा साइकलमामा आइरहेका यादवलाई रोकी चेकजाँच गर्दा यादवले बोकेको झोलामा ४ किलो प्रतिबन्धित लागु औषध गाँजा बरामद भएपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रवि रावलले जानकारी दिएका छन ।

पक्राउ परेका यादवलाई प्रहरी हिरासतमा राखेर लागु औषध ओसारपसार ऐन अन्तर्गत कारवाही गरिने तयारी भईरहेको डिएसपी रावलले बताएका हुन ।

पछिलो समय गरुडाका डिएसपी रावलको सक्रियातामा विभिन्न मुद्धाका फरार अभियुक्त धमाधम पक्राउ पर्दै , तस्कर, अपराधिक क्रियाकलापमा संलग्न व्यक्ति, अबैध कार्यमा संलग्नदेखी लिएर विभिन्न घटनामा संलग्न अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन ।
गरुडा प्रहरीले कडा एक्सनलिएपछि अभियुक्तहरु अहिले पक्राउ पर्न थालेका छन ।

गुण्डागर्दी अवैद्य तथा गैरकानुनी क्रियाकलाप गर्नेले सजाय भोग्नै पर्छ भन्ने सिद्धान्तलाई उचो बनाएर गरुडा प्रहरीले काम कारवाही अघि बढाएको डिएसपी रावलले बताएका छन । सबैलाई समान ढंगले सुरक्षा प्रदान गरिनुका साथै निष्पक्ष र सन्तुलित शान्ति सुरक्षा व्यवस्था कायम भैरहेको उहाँले बताउनुभयो ।

गलत क्रियाकलाप नियन्त्रणको लागि गरुडा प्रहरी हरवखत चनाखो भएर बसेको र आफूसँग भएको साधन स्रोतको परिचालन गरी आम नागरिकलाई छिटो छरितो सेवा प्रदान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रवि रावलले बताउनुभयो ।

 

 

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *