Loading...
ईज्जत जाने डरले रौतहटमा बुवा र आमाले नै गराए छोरीको हत्या, हत्यामा संलग्न ७ पक्राउ ।

ओम प्रकाश यादव
रौतहट,मंसिर १४ गते ।
प्रेमीसँग भाग्दा ईज्जत जाने डरले रौतहटमा एक बुवा र आमा मिलेर आफनै छोरीको हत्या गराएको रहस्य खुलेको छ ।
रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहाकी १८ वर्षिया अमृता कुमारी साहको हत्या उनकै बुवा र आमाले नै गराएको खुलेको छ ।
गत कात्तिक २६ गते राति साढे ११ बजेको समयमा माधवनारायण नगरपालिका ७ लौकाहीको राम अयोध्या साह तेलीको १८ वर्षिया विवाहित छोरी अमृता कुमारी साहको गोली हानी हत्या गरिएको थियो ।
युवती साहको हत्यामा संलग्न ७ जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आइतवार अबेर साँझ जिल्ला प्रहरी कार्यालय गौरमा पत्रकार सम्मेलन गरेर साहको हत्यामा संलग्न उनका बुवा, आमा सहित ७ जना अभियुक्तलाई पक्राउ गरिएको जनाएको छ ।
युवती साहको हत्याको योजनाकार साहकै ५५ वर्षिय बुवा रामअयोध्या साह र आमा सिता देवी साह पक्राउ परेका छन । अन्य पक्राउ पर्नेहरुमा रौतहटको देवाही गोनाही नगरपालिका २ लक्ष्मिनीया करुनीयाका कैमुल देवान सहित सोही ठाउँका ६० वर्षिय शेख अलियास, ४० वर्षिय बहुदल भन्ने ईस्लाम अंसारी र परोहा नगरपालिका ४ का अन्दाजी ४६ वर्षिय छोटेलाल साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनामा संलग्न रहेकामध्ये ७ जना पक्राउ परेपनि दुई जना अझै फरार रहेकोमा उनिहरुको पनि खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका मध्ये कैमुल देवान युवती साहको कन्चटमा गोली हानी हत्या गर्ने मुख्य अभियुक्त रहेका छन भने अन्यले साहलाई हत्या गर्न देवानलाई सघाएका थिए ।

घटना यसरी भएकोे थियो
कात्तिक २६ गते राति साढे ११ बजे लौकाहा स्थित आफनै माइतिघरमा आमासँग सुतिरहेको अवस्थामा अमृता कुमारी साहको कैमुल देवान सहितका समुहले उनको घरमा प्रवेस गरी दाहिने कन्चटमा गोली प्रहार गरी हत्या गरेर फरार भएका थिए ।

मृत्क अमृता कुमारीको सोही गाउँ लौकाहाका ३० वर्षिय थारु भन्ने सोसिन्द्र प्रसाद भगतसँग ३ वर्षदेखी प्रेम सम्बन्ध कायम रहेको थियो । अमृता र सोसिन्द्रले एक अर्कालाई धेरै माया प्रेम गथ्र्यो सोही प्रेम सम्बन्धलाई लिएर दुवै जनाले विवाह गर्न खोजेको थियो तर थर नमिलेको भन्दै अमृताको घरपरिवारले अमृताको सोसिन्द्रसँग विवाह गर्न अस्वीकार गरेको थियो । पछि परिवारको दवावमा अमृता साहको २०७६ साल फल्गुणमा सर्लाहीको विष्णुपुर गाउँपालिका ३ का मानकी साहको छोरा रुपेश साहसँग मागि विवाह भएको थियो । दुवै जनाको विवाह भएको केहि दिनमै अमृताको श्रीमान रुपेश साहलाई केहि व्यक्तिले छुरा प्रहार गरी ज्यान मार्ने प्रयास गरेको थियो । श्रीमान रुपेशमाथी आक्रमण भएपछि अमृता कुमारी माइतीघर लौकाहामै बस्दै आएकी थिईन ।
विवाह भएको चार महिनामै रुपेश र अमृताबीचको सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेद भएपश्चात श्रीमान पक्षबाट मृतक अमृता कुमारी साह र निजको प्रेमी सोसिन्द्र प्रसाद भगतमाथी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यान मार्ने उद्योग मुद्धा दर्ता भएको थियो ।
उक्त मुद्धामा छोरी पक्राउ परे ईज्जत जाने र प्रेमी सोसिन्द्र प्रसाद भगतसँग भागे पनि समाजमा ईज्जत प्रतिष्ठमाथी ठुलो आच आउन सक्ने तथा गाउँ समाजमा अपहेलित हुने पर्ने डरले अमृताका बुवाले छोरीलाई नै हत्या गर्ने योजना बनाएको थियो ।
रामअयोध्या साहले आफना अर्का ज्वाई देवाही गोनाही नगरपालिका २ करुनिया लक्ष्मिीनीया बस्ने लक्ष्मण साहसँग मिलेर मिलेर छोरी अमृता कुमारी साहको हत्या भारतमा गर्ने योजना अनुरुप शरुमा परोहा नगरपालिका ४ का छोटेलाल साहलाई एक लाख पच्चास हजार रुपैया दिएका थिए । महानवमीका दिन छोटेलाल साहले उपचार गराउने बहानामा ज्यान मार्ने उद्देश्यले युवती अमृतालाई भारत लगेका थिए तर त्यहाँ ज्यान मार्ने योजना असफल भएपछि अमृताको ज्यान बाच्न सफल भएको थियो । मृत्युको मुखबाट बाचेर भागेर अमृता फेरी आफना माइतिघर लौकाहामौ फर्किएकी थिईन ।
भागेर अमृता आफना घर आएपछि फेरी अमृताको बुवा रामअयोध्या साह र लक्ष्मण साहले जसरी पनि अमृतालाई मार्दिनुपर्छ नत्र ईज्जत जान्छ भन्दै पुज अमृताको हत्या गर्ने योजना बनाएका थिए ।
दोश्रो पटक अमृताको हत्या गर्न अमृताको बुवा रामअयोध्या र लक्ष्मण साहले देवाही गोनाही नगरपालिका २ करुनिया लक्ष्मिीनीयाका कैमुल देवानलाई एक लाख रुपैया दिएका थिए । त्यसपछि कैमुल देवान सहितका व्यक्तिहरुले आफना आमासँग सुतिरहेकी अमृता कुमारी साहलाई कन्चटमा गोली हानी हत्या गरेका थिए ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक शिद्धि विक्रम साहले प्रेमीसँग भाग्ने डरले युवती साहको बुवा र आमाले नै मिलेर योजनावद्ध तरिकाले छोरीको हत्या गराएको खुल्न आएको बताउनुभएको छ ।
घटनामा पक्राउ परेका सातै जनालाई जिल्ला अदालत रौतहटबाट ज्यान सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी घटना सम्बन्धमा अनुसन्धान भइरहेको तथा प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरुले अपराध समेत स्वीकार गरिसकेको प्रहरी उपरीक्षक साहले बताउनुभयो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *