Loading...
रौतहटको माधवनारायण नगर प्रमुख विरेन्द्र यादवले गरे १५ शैया अस्पतालको शिलान्यास ।

ओम प्रकाश यादव
मंसिर १५ गते, रौतहट ।
तत्कालिन उपप्रधान तथा स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्री भएका बेला प्रदेश र स्थानीय तहमा अस्पताल निर्माण गर्ने ल्याएको निती तथा कार्यक्रम अहिले कार्यान्वयनमा आएको छ ।

यस अघि उपप्रधान तथा स्वास्थ्य मन्त्री रहेका भेला जसपा अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहसम्म सहज ढंगले स्वास्थ्य सेवा पुरयाउने उद्देश्यले प्रत्येक प्रदेश र स्थानीय तहमा एक एक अस्पताल भवन निर्माण गर्ने योजना ल्याएको थियो ।

सरकारले आजदेखी स्थानीय तहहरुमा अस्पताल भवन शिलान्यास गर्ने अभियान शुरु गरेपछि जसपा अध्यक्ष यादवले ल्याएको योजना आजदेखी कार्यान्वयनमा आएको देखिएको छ ।
तत्कालिन उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले ल्याएको योजना सरकारले अगाडि बढाएको छ । यादवले ल्याएको योजनालाई सरकारले लागु गर्दै आज एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन शिलान्यास गरेको छ ।
उपेन्द्र यादवले मानिसको स्वास्थ्य र जिवनसँग जोडिएको अस्पताल जस्तो सेवा सुविधा आफनै गाउँ ठाउँमा ल्याइदिएको भन्दै आम नागरिकले उनलाई खुलेरै प्रसंशा गर्न थालेका छन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तहमा पाँचदेखि १५ शैयाको अस्पताल बनाउन थालेको हो ।
स्थानीय तहको आधारमा ५ देखि १५ शैयासम्मको अस्पतालको शिलान्यास गरिएको हो ।

आज एकैदिन विभिन्न स्थानीय तहमा गरी २५० भन्दा बढी अस्पतालको शिलान्यास गरिएको छ । रौतहटमा रहेको कुल १८ वटा स्थानीय तहमध्ये पहिलो चरणमा आज ६ वटा स्थानीय तहमा एकैसाथ अस्पताल भवनको शिलान्यास गरिएको छ ।

जिल्लाको गरुडा, माधवनारायण, कटहरिया, मौलापुर, राजदेवी र परोहा नगरपालिकामा १० देखी १५ शैयासम्मको अस्पताल भवनको शिलान्यास गरिएको छ ।
माधवनारायण नगरपालिकाको स्वास्थ्य चौकी खेसरहियामा आज १५ शैयाको आधारभुत अस्पताल भवनको शिलान्यास गरिएको छ ।

माधवनारायण नगर प्रमुख विरेन्द्र प्रसाद यादवले आज एक कार्यक्रमकाबीच उक्त अस्पताल भवनको शिलान्यास गरेका हुन ।
अस्पतालको शिलान्यास गर्दै नगर प्रमुख विरेन्द्र यादवले अबदेखी स्वास्थ्य उपचार गराउन टाढा जानुपर्ने र अस्पतालको अभावमा अकालमै मृत्युवरण गर्नुपर्ने समस्याको अन्त्य भएको बताएका छन ।
नगरपालिकामा सुविधा सम्पन्न अस्पतालको निर्माण कार्य शरुभएपछि अब आफनै गाउँ ठाउँमा उपचार गराउन पाइने भन्दै माधवनारायण नगरपालिकाबासी निकै हर्षित भएका छन ।
शिलान्यास कार्यक्रममा माधवनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, वडा नं ६ माधोपुरका वडा अध्यक्ष राजीव कुमार यादव, वडा नं ३ सखुअवाका अध्यक्ष राजकुमार यादव लगाएत विभिन्न जनप्रतिनिधि, पार्टी प्रतिनिधि, कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।

अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ पालिकालाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि ६४ अर्ब नौ करोड बजेट पठाइसकेको छ । पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि एक करोड रुपैयाँ पठाइसकिएको मन्त्रालयले जनाएको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *