Loading...
रौतहटमा प्रदेश कÞानूनी सहायता अधिकृतको कार्यालय स्थापना, राज्य मन्त्री यादवले गरे उदघाटन ।

ओम प्रकाश यादव
रौतहट, मंसिर २० गते । प्रदेश २ सरकारले रौतहटको सदरमुकाम गौरमा पहिलो पटक कÞानूनी सहायता अधिकृतको कार्यालय स्थापना गरेको छ ।
प्रदेश सरकारले कानुनी सहयोगको आवश्यकता परेका विपन्न वर्गहरुलाई निशुल्क रुपमा कानुनी सेवा प्रदान गर्ने उद्देश्यले शुक्रवार साँझ अबेर गौरमा कÞानूनी सहायता अधिकृतको कार्यालय स्थापना गरेको छ ।
शुक्रवार एक कार्यक्रमकाबीच प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले उक्त कार्यालयको उदघाटन गर्नुभएको छ ।
राज्य मन्त्री यादवले उदघाटन गरेसँगै उक्त कÞानूनी सहायता अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कृषि राज्य मन्त्री यादवले प्रदेश सरकारलाइ अधिकार विहीन बनाउने संघीय सरकारको सडयन्त्रको विरुद्धमा प्रदेश सरकारले पटक पटक कÞानूनी लड़ाई लड़ने गरेकोले अधिकार संरक्षण र आन्दोलनबाट प्राप्त उपलव्धिलाई सस्थागत गर्न कानूनको पूर्ण पालना हुनु पर्ने जरुरी रहेकोले प्रदेश सरकार कÞानूनी सहायताको स्थापना गरेको बताउनुभएको छ ।
गरीव , असहाय , अशक्त , नागरिकता विहीन , नाबालक , महिला ,दलित ,मुस्लिम ,आर्थिक र सामाजिक रुपमा पछाड़ी परेकाहरुलाई निशुल्क रुपमा कÞानूनी सेवा प्रदान गर्ने उदेश्यले स्थापना गरिएको प्रदेश कÞानूनी सहायता केन्द्रबाट लक्षित व्यक्ति ,समुदायले अब सहज रुपमा न्याय पाउनेमा आफु पुर्णरुपमा विश्वस्त रहेको समेत मन्त्री यादवले बताउनुभयो ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य समेत रहनुभएका राज्य मन्त्री यादवले नेपालको संविधानले गरेको व्यवस्था विपरीत सत्ताधारी पक्षले कार्य गर्ने गरेकोले मुलुकमा अराजकता , दण्डहीनता र भ्रस्टाचार मौलाएको दावी गरेका हुन । नेपाल संघीयतामा प्रवेश गरेको भएपनि सरकारले संघीयता र लोकतन्त्रको विरुद्ध बलपूर्वक कार्यहरु गर्ने गरेको उहाँको ठहर रहेको छ ।
केहि नेताले स्थानीय प्रशासन ,प्रहरीलाइ आफ्नो अनुकूल चलन दवाव दिने गरेको उल्लेख गर्दै राज्य मन्त्री यादवले मुलुक रूल अफ ल‘ अनुसार चल्नु पर्ने धरना व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रदेश सरकारले आर्थिक रूपले कमजोर भएका र सहज रुपमा न्याय पाउन नसकेका वर्गहरुलाई सहज रुपमा न्याय पाउने गरी प्रदेश सरकारले स्थापना गरेको कानून सहायता केन्द्रको कार्य निकै सराहनीय भएको बताउनुभएको छ ।
रौतहट जिल्ला अदालतका उपसचिव सुशिल कुमार यादवले लक्ष्य अनुसारको कार्यमा सफलता होस भनी शुभकामना दिनुहुँदै यसमा आफुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
कÞानूनी सहायता अधिकृत अधिवक्ता राम उदय राय यादवको सभापतित्वमा सम्पन्न भएको उदघाटन कार्यक्रममा नेपाल बार एसोशिएसनका अध्यक्ष राजाराम यादव , जिल्ला न्यायधिवक्ता सुभास कुमार भटराई , पूर्व अध्यक्ष राम सहाय राय यादव , अधिवक्ता आफताव आलम लगायतका कानून व्यवसायीहरुले आफ्नो धारण व्यक्त गर्नुभएको थियो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *