Loading...
राज्य मन्त्री यादवले सिचाईका लागि रौतहटमा डिपटयुवबेल गरे जडान, टयुवबेल जडानपछि किसान हर्षित ।

ओम प्रकाश यादव
मंसिर २० गते, रौतहट । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आज गृह जिल्ला रौतहटमा सिचाइका लागि डिप टयुवबेल जडान गरेका छन ।
रौतहटको माधवनारायण नगरपालिका ३ सखुअवा भेल्हीमा आज कृषि राज्य मन्त्री यादवले डिप टयुवबेल जडान कार्यको शुरुवात गरेका हुन ।

आज एक कार्यक्रमकाबीच राज्य मन्त्री यादवले पुजाआजा गरी विधिवत रुपमा करोडौको लागतमा एक डिप टयुवबेल जडान कार्यको शुभारम्भ गरेका हुन ।

सिचाइको अभावमा किसानहरुले वर्षौदेखी आकासे पानीको भरमा खेती गर्न बाध्य हुँदै आएको अवस्थालाई मध्य नजर गर्दै राज्य मन्त्री यादवले आफना विशेष पहलकदमीमा डिप टयुवबेल जडान गरेका हुन ।
डिप टयुवबेल जडान कार्य सकेपछि त्यस भेगका हजारौ हजार विघा खेतमा सिचाइको सुविधा उपलब्ध हुने छ ।
जडान गरिएको डिप टयुवबेलबाट जिल्लाको सखुअवा, भेल्ही , मिठुअवा ,खेसरहिया लगाएत गाउँका हजारौ बिगहा जमिन सिंचित हुने मन्त्री यादवले बताएका हुन ।
डिपटयुवबेल जडानले सो भेगका किसानहरु निकै उत्साहित भएका छन । टयुवबेल जडानले अब खेतीबारी गर्न पानीको समस्या नहुने भन्दै किसानहरु निकै हर्षित भएका छन ।
टयुवबेल जडानले वर्षोदेखी खेती गर्न पानीको समस्या झेल्दै आएका किसानहरुलाई अब पानीको अभावमा आकाशे पानीको भर पर्नुपर्ने समस्याको अन्त्य भएको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *