Loading...
गौर नाका पुर्ण रुपमा सुचारु गराउन नेता झाले मुख्यमन्त्री राउतलाई गराए ध्यानाकर्षण ।

ओम प्रकाश यादव
मंसिर २४ गते, रौतहट ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य रेवन्त झाले केन्द्र सरकारले कोरोनाको बहानामा बोर्डर बन्द गरेर जनतालाई दुख दिने काम गरेको बताएका छन ।
चाइनाबाट कोरोना फैलिदा चाइनासँगको नाका सरकारले खोलेर राखेको तर भारतसँगको नाका बन्द गरेर मधेशी जनतालाई दुख दिनुका साथै वर्षौदेखी भारतसँग रहेको बेटीरोटीको सम्बन्ध विच्छेद गर्ने काम गरेको नेता झाले बताए ।

रौतहटको गढिमाई नगरपालिका ८ विनगरामा हिजो आयोजित गजेन्द्र पोखरी सौन्दर्यीकरण शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेता झाले आन्दोलन पच्छात स्थानीय प्रशासनले आशिंक रुपमा गौर नाका खुल्ला गरेपनि त्यसबाट समस्याको समाधान हुन नसक्ने बताएका हुन ।

नेता झाले पुर्ण रुपमा नाका खुल्ला गर्नुपर्ने माग गरेका हुन । कोरोनाको कहर कम भइसक्दा पनि केन्द्र सरकाले नाका बन्द गरेर मधेशी जनतामाथी अन्याय गरेको उनले बताए ।
लामो समयदेखी नाका बन्द हुँदा सर्वसाधारण जनता भारतसम्म सहज रुपमा जान नपाँदा कठिनाईमा परेको उनले बताए ।
पहिला जस्तै नै पुर्ण रुपमा नाका सञ्चालन गराई सहज रुपमा आवतजावत गर्ने वातावरण बनाउन कार्यक्रममा सहभागी मुख्यमन्त्री लालबाबु राउतलाई नेता झाले आग्रह गरेका छन ।
पुर्ण रुपमा गौर नाका सुचारु गराउन नेता झाले मुख्यमन्त्री राउतलाई ध्यानाकर्षण गराएपनि मुख्यमन्त्री राउतले गौर नाका जसरी पनि पुर्ण रुपमा सुचारु गराउने प्रतिवद्धता जनाएका हुन ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *