Loading...
गृहसचिब महेश्वर न्यौपानेद्धारा जिल्ला प्रशासन कार्यालय रौतहटको भवन उदघाटन ।

ओम प्रकाश यादव
रौतहट, मंसिर २८ गते । गृहसचिब महेश्वर न्यौपानेले रौतहटको जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको आइतावर उदघाटन गर्नुभएको छ ।
१ करोड ७५ लाखभन्दा बढीको लागतमा निर्माण भएको जिल्ला प्रशासन कार्यालय गौर रौतहटको भवनको आइतवार गृहसचिब न्यौपानेले उदघाटन गर्नुभएको हो ।
गृहसचिब न्यौपानेले आइतवार एक कार्यक्रमकाबीच उक्त कार्यालयको उदघाटन गर्नुभएको छ ।
भवनको उदघाटन गर्नुहुँदै गृहसचिव न्यौपानेले प्रदेश नम्बर २ मा रहेको सुरक्षा चुनौति, तस्करी, लागु औषध र अपराधका घटनामा कसैसंग सम्झौता नहुने बताउनु भएको छ ।
प्रहरी कर्मचारीहरु आफना जिम्मेवारी तथा कर्तव्यबाट बिमुख भएमा कारबाही हुने समेत उहाँले बताउनुभयो ।
सरकारी सेवाप्रदायक कार्यालयमा अनियमितता र काममा ढिलासुस्ति भएमा त्यस्ता कर्मचारीलाई कारबाही गरिने समेत उहाँले बताउनुभयो ।
विकास आयोजनाका गतिविधिमाथि पनि नजर राख्न र समयमा काम भए नभएको अनुगमन गरि समयमा काम नगर्ने ठेकेदार तथा निर्माण कम्पनीलाई कार्यवाही गर्न गृहसचिव न्यौपानेले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिनुभएको हो ।
भवन उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, अनुसन्धानका प्रमुख गणेश अधिकारी लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *