Loading...
रौतहटमा अबैध हतियार सहित एकजना पक्राउ ।

ओम प्रकाश यादव
रौतहट, पुष १ गते । रौतहटमा अबैध हतियार नल कटुवा बन्दुक सहित एकजना पक्राउ परेका छन ।
नल कटुवा बन्दुक सहित जिल्लाको कटहरिया नगरपालिका ७ बगहीका २० वर्षिय राजमहम्मद आलम पक्राउ परेका छन ।

कटहरिया नगरपालिका ७ बगही स्थित सडकबाट उक्त बन्दुक सहित आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आलमलाई दुई दिन अघि पक्राउ गरिए पनि प्रहरीले बुधवार मात्र सार्वजनिक गरेको हो ।

विशेष सुचनाको आधारमा प्रहरी टोलीको गस्ती टोलीले भारतिय नम्बर द्यच्।घण्ध्(द्धडठघ को हिरो कम्पनीको स्पेलेण्डर मोटर साइकललाई संका लागी चेकजाँच गर्दा आलमले उक्त मोटरसाइकलको सिट कभर भित्र लुकाई राखेको १२ बोरको एकथान नल कटुवा बन्दुक फेला परेको थियो ।

मोटरसाइकको सिट कभर भित्र बन्दुक फेलापरेपछि मोटरसाइकल चालक आलमलाई पक्राउ गरिएको थियो ।

हतियार सहित पक्राउ परेका आलमलाई रौतहट जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी कार्यवाहीको लागि न्यायीक हिरासतमा राखेर थप अनुसन्धान भईरहेको रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभएको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *