Loading...
रौतहटका दुई सञ्चारकर्मीले ६० हजारको विभिन्न सामग्रि सिडियो यादवलाई गरे हस्तान्त्रण ।

ओम प्रकाश यादव
पुष १ गते, रौतहट । रौतहटका दुई सञ्चारकर्मीले आज जिल्ला विपद व्यवस्थापन समितिलाई खाद्यान, मेडिकल सहित विभिन्न सामग्रिहरु सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य तथा कटहरिया म्युजिकल एफएमका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठ र पत्रकार ओम प्रकाश यादवले दुवै जना आज संयुक्त रुपमै विपद व्यवस्थापन समिति रौतहटका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सिडियो इन्द्रदेव यादवलाई खाद्यान, न्यानो कपडा, सरसफाई सहित मेडिकल सामग्रिहरु पनि हस्तान्त्रण गरेका छन ।

कटहरिया म्युजिकल एफएमका प्रबन्ध निर्देशक श्रेष्ठ र यसै एफएमका समाचार प्रमुख ओम प्रकाश यादवले दुवैजना संयुक्त रुपमा सिडियो यादवलाई करिव ६० हजार मुल्य बराबरको खाद्यान, न्यानो कपडा, सरसफाई र मेडिकल सामग्रिहरु प्रदान गरेका छन ।

काठमाडौंको कयअष्भतथ ायच भबअज यतजभच अर्थात आपसको निमित्त समाज नामक संस्थाले उपलब्ध गराएको उक्त खाद्यान, न्यानो कपडा, सरसफाई र मेडिकल सामग्रि पत्रकार श्रेष्ठ र यादवले प्रमुख जिल्ला अधिकारी यादवलाई हस्तान्त्रण गरेका छन ।

कोरोनाबाट प्रभावित अति गरिव परिवारहरुलाई खाद्यानको अभावमा भोकै बस्न नपरोस र कोरोनाबाट सुरक्षित रहन आपसको निमित्त समाज नामक संस्था मैतीदेवी काठमाडौंकी अध्यक्ष जयाराज भण्डारीले उपलब्ध गराएको सामग्रिहरु विपद व्यवस्थापन समितिलाई प्रदान गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटको प्रांगनमा आज एक कार्यक्रमकाबीच सिडियो यादवलाई करिव ६० हजार बराबरको खाद्यान र स्वास्थ्य सामग्रिहरु हस्तान्त्रण गरिएको पत्रकार प्रकाश श्रेष्ठले बताएका छन ।

८ बोरा चामल, एक बोरा चिउरा, १० किलो चना, २ जरकीन तेल, दाल, नुन, चार कार्टुन अण्डा, एक एक कार्टुन चायपति, बिस्कुट लगाएतका खाद्यान सामग्रिहरु हस्तान्त्रण गरिएको छ भने १० थान ओढने बलैंकेट, साल, त्यस्तै मेडिकल सामग्रिहरुमा केहि थान पिपिइ सेट, माक्स, स्यानिटाइजर, २० भन्दा बढी पिस लुगा धुने साबुन, सरफ, शौचालय सफागर्ने हरपिक लगाएतका सामग्रिहरु प्रदान गरिएको पत्रकार श्रेष्ठले जानकारी दिएका छन ।

कोरोना भाइरसबाट प्रभावित भएकाहरु तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उक्त सामग्रिहरु प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई प्रदान गरिएको पत्रकार ओम प्रकाश यादवले बताए ।
आइसोलेसनमा बस्नेहरुका लागि उक्त सामग्रिहरु वितरण गरिने योजना भएतापनि रौतहटको आइसोलेसनमा हाल एकजना पनि नरहेकोले तत्कालको लागि विपद व्यवस्थापन समितिलाई नै उक्त सामग्रिहरु प्रदान गरिएको उक्त संस्थाका कार्यक्रम अधिकृत कान्तिराज भण्डारीले जानकारी दिएका छन ।

आज हस्तान्त्रण गरिएको उक्त सामग्रिहरु आवश्यक्ताको आधारमा आइसोलेसनमा बस्ने कोरोनाको विरामी वा समुदायस्तरमा कोरोनाबाट प्रभावित अति गरिव परिवारलाई वितरण गरिने जिल्ला विपद व्यवस्थापन समिति रौतहटका अध्यक्ष एवं सिडियो इन्द्रदेव यादवले बताउनुभएको छ ।

रौतहट सहित देशका अन्य जिल्लाहरुमा पनि कोरोनाबाट प्रभावित हुने गरिव परिवारहरुलाई आपसको निमित्त समाज नामक संस्थाले खाद्यान, मेडिकल, सरसफाई सामग्रि र न्यानो कपडाहरु सहयोग गर्दै आएको संस्थाकी उपाध्यक्ष सविना प्रधानले जानकारी दिएकी छिन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *