Loading...
संसद पुर्नरबहाली नभए देशमा राजनीतिक अस्थिरता र द्धन्द्ध बढ्ने मन्त्री यादवको चेतावनी ।

ओम प्रकाश यादव
पुष १२ गते, रौतहट । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले संसद पुर्नबहाली नभएसम्म आफुहरुको आन्दोलन जारी नै रहने बताएका छन ।
राज्य मन्त्री यादवले सरकारले संसद पुर्नस्थापना नगरेसम्म जनता समाजवादी पार्टीको आन्दोलन जारी नै रहने बताएका छन ।
संसद पुर्नबहाली गर्नको लागि जति सुकै कठोर आन्दोलन गर्नुपरे पनि त्यसको लागि आफुहरु तयार रहेको र आन्दोलनबाट नै संसद पुर्नबहाली गराएरै छाडने राज्य मन्त्री यादवले दावी समेत गरेका छन ।
संसद विघटनको विरुद्धमा गृह जिल्ला रौतहटको गरुडामा आज भएको विशाल जन प्रदर्शन कार्यक्रममा बोल्दै राज्य मन्त्री यादवले जसपाको आन्दोलनबाट सदन बहाली हुने दावी गरेका छन ।
प्रतिनिधि सभाको कार्यकाल अझै दुई वर्ष बाँकी रहेको बेला संविधानको मुल्य, मान्याता मर्म र भावना विपरित प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट संसद विघटन गराएको राज्य मन्त्री यादवले बताए ।
प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम अलोकतान्त्रिक, असंवैधानिक र गैरलोकतान्त्रिक भएको उनले बताए ।
संविधान अनुरुप संसद विघटन गर्न मिल्ने प्रावधान नभएको भन्दै संसद विघटनको सिफारिस फिर्ता हुनुपर्ने राज्य मन्त्री यादवले बताए ।

उनले भने, ’अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन । यो फिर्ता गर्नु पर्दछ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गरेका थिए
मन्त्री यादवले मन्त्रिपरिषदबाट संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताए ।

संसद विघटन लोकतन्त्रको मर्म र राष्ट्र हीत विपरीत भएको उनको ठहर छ ।
जनता समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका राज्य मन्त्री यादवले सरकारको उक्त कदम गलत रहेको भन्दै यसबाट देशमा राजनीतिक अस्थिरता र द्धन्द्ध बढ्ने सम्भावना बढेको चेतावनी समेत दिएका छन ।

सरकारले बेलैमा संसद विघटन गर्ने निर्णय फिर्ता नलिए देशमा ठुलो द्धन्द्ध हुने चेतावनी उनले दिएका हुन ।

नेपालको संविधान अनुसार सरकारको नेतृत्व गर्ने दलको बहुमत नपुगेको, कुनै संकट अथवा विपद भएको अवस्थामा मात्र संसद विघटन गर्ने प्रावधान रहेको छ तर प्रधानमन्त्री ओलीले झन्डै दुई तिहाइ बहुमत हुँदाहुँदै देशमा कुनै संकट वा विपद नभए पनि एकलौटी रुपमा संसद विघटन गर्न सिफारिस गरेर देशलाई आफना कब्जामा लिन खोजेको राज्य मन्त्री यादवले आरोप लगाए ।

प्रधानमन्त्री ओलीले संसद विघटन गराएर संघीयातालाई खारेज गर्न खोजेको र लोकतन्त्रको धज्जी उडाएको समेत उनले बताए ।
मधेशी जनताको बलिदानी र आन्दोलनबाट देशमा संघीयाता आएको र प्रधानमन्त्री ओलीले संघीयातालाई नै समाप्त गर्ने खेलमा लागेको उनले बताए ।
उनले सरकारको उक्त कदमबाट संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मानयता नै समाप्त हुने समेत बताए ।

संघीयतालाई समाप्त पार्ने प्रधानमन्त्री ओलीको सडयन्त्रलाई आफुहरुले कुनै हालतमा पुरा हुन नदिने समेत उनले बताए ।
एक अर्को प्रसंगमा राज्य मन्त्री यादवले संसद बहाली सर्वोच्च अदालतले गर्नेमा पनि आफु विश्वस्त रहेको समेत बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *