Loading...
मन्त्री प्रभु साहलाई गृह जिल्ला रौतहटमा देखाइयो कालोझण्डा ।

पुष १६ गते, रौतहट ।
नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहलाई रौतहटमा कालो झण्डा देखाइएको छ ।
जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले आज रौतहटको गरुडामा मन्त्री साहलाई कालो झण्डा देखाएका छन ।
जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज गृह जिल्ला रौतहट आएका मन्त्री साहलाई जसपाका विद्यार्थी नेताहरुले कालोझण्डा देखाएका हुन ।
प्रभु साह हालै ओली समुहको तर्फबाट शहरी विकास मन्त्री बनेका थिए ।
मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आएका मन्त्री साहलाई आज उनको आफनै गृह जिल्लामा जसपाका विद्यार्थी नेताहरुले कालोझण्डा देखाएका हुन ।
प्रधानमन्त्री ओलीले संविधानको मुल मर्म विपरीत संसद विघटन गराएर लोकतन्त्रलाई उपहास गरेको र संघियातालाइ नै कलंकीत गर्ने काम गरेकोलो उनको सो कमलाई सबैले विरोध गर्नुको सटा साहले उल्टै साथ दिएको भन्दै उनिहरुले कालोझण्डा देखाएका छन ।
लोकतन्त्र र संघीयाता विरोधीलाई साथ दिएको भन्दै जसपाका विद्यार्थी नेताहरुले मन्त्री साहलाई कालोझण्डा देखाएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका एक पक्ष सहित देशका कांग्रेस, जसपा लगाएतका दलहरुले आन्दोलन गरिरहँदा यो आन्दोलनमा साथ दिनुको सटा प्रभु साह उल्टै ओली पक्षबाट मन्त्री बनेर प्रतिगमनकारी कदमलाई साथ दिएको भन्दै जसपाका नेताहरुले उनलाई कालोझण्डा देखाएका छन ।
यसैविच शहरी विकास मन्त्री साहलाई कालोझण्डा देखाउने जसपा विद्यार्थी संगठनका प्रदेश बरिष्ठ उपाध्यक्ष अनिल पटेल र प्रदेश उपाध्यक्ष ललन यादवलाई पक्राउ गरेको छ ।
मन्त्री साहलाई किन कालोझण्डा देखाएको भन्दै प्रहरीलाई दुवैजनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिने क्रममा प्रहरीले गरेको लाठी चार्जबाट ललन यादव घाइते समेत भएका छन ।
जसपाले आफना संगठनका नेतालाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *