Loading...
प्रभु साहको कार्यक्रममा सरकारी गाडीको दुरुपयोग ।

ओम प्रकाश यादव
पुष १६ गते, रौतहट ।
शहरी विकास मन्त्री प्रभु साहको कार्यक्रममा सरकारी गाडी प्रयोग गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहको रौतहटको गरुडामा आज भएको कार्यक्रममा सरकारबाट अनुदानमा पाएको एक गाडीको प्रयोग गरी दुरुपयोग गरिएको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कार्यालय गरुडाबाट अनुदान प्राप्त पिकअप गाडीमा डिजे बाजा राखिएको र अगाडि पार्टीको झण्डा समेत झुण्डयाएको प्रस्ट देखिएको छ ।
सरकारले तरकारी खेती गर्ने किसानहरुलाई तरकारी ढुवानीका लागि मात्रै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कार्यालय गरुडा मार्फत अनुदानमा पिकअप गाडी दिएको छ तर आज गरुडामा भएको कार्यक्रममा उक्त पिकअप गाडीमा नै डिजे बाजा राखेर ल्याएर गाडीको दुरुपयोग गरेको पाइएको छ ।
सम्बन्धित निकायको वेवास्ताका कारण पछिलो समय सरकारी गाडीको जिल्लामा दुरुपयोग हुँदै आएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *