Loading...
नगर प्रमुख यादवको जनमुखी कार्यले गरुडा नगरवासी उत्साहित, धमाधम विकास निर्माणको काम हुँदै ।

ओम प्रकाश यादव
पुष १९ गते, रौतहट ।
कोरोना भाइरसको कहर कम भएसँगै रौतहटको गरूडा नगरपालिकाका मेयर इनु राय यादवले विकास निर्माणको कार्यलाई तिव्रता दिएका छन ।

नगर प्रमुख यादवले यतिखेर आफना नगरमा सडक निर्माण, सडक ढलान, भौतिक पुर्वाधार निर्माण लगाएतका कार्य धमाधम गर्न थालेका छन ।
नगर प्रमुख यादवले सडक, पुर्वाधार निर्माण लगाएत कार्यलाई विशेष प्राथमिकता दिएका छन ।

मेयर यादवले गरुडा नगरपालिका ६ झाँझपुलमा लाखौको लागतमा प्रतिक्षालय निर्माण गर्न लागेका हुन ।

सर्वसाधारणलाई बस्नको लागि मेयर यादवले केहि दिनअघि मात्रै उक्त प्रतिक्षालयको शिलान्यास गरेका थिए । शिलान्यास पछि प्रतिक्षालय निर्माणको काम यतिखेर धमाधम भइरहेको मेयर यादवका सहयोगी गोपाल यादवले जानकारी दिएका छन ।

त्यस्तै मेयर इनु राय यादवले गरुडा नगरपालिका वडा नं ६ महम्मदपुरमै सडक ढलान गराएका छन ।
महम्मदपुरमा लाखौको लागतमा सडक ढलान कार्य सम्पन्न भएको मेयर यादवले बताए ।

लामो समयदेखी उक्त सडक जिर्ण हुँदा सर्वसाधारणलाई आवत जावत गर्न ठुलो कठिनाई हुँदै आएको देखेर मेयर यादवले महम्मदपुर गाउँको मुख्य मुख्य बाटोलाई ढलान गराएका हुन ।
सडक ढलान भएपछि स्थानीयहरु उत्साहित भएका छन सर्वसाधारणलाई आवत जावत गर्न समेत सहज भएको छ ।

ज्नताको इच्छा र चाहना अनुसारको काम गर्दै जाने आफनो योजना रहेको मेयर यादवले बताएका छन ।
ज्नताको आवश्यक्तालाई पुरा गर्न आफु कुनै पनि शर्तमा पछाडि नपर्ने मेयर यादवले बताएका हुन ।

मेयर इनु राय यादवको जनमुखी कार्य हेरेर गरुडा नगरवासी निकै हर्षित भएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *