Loading...
डिएसपी रवि रावलद्धारा इप्रका गरुडामा प्रतिक्षालय शिलान्यास ।

ओम प्रकाश यादव
पुष २० गते, रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा नयाँ प्रतिक्षालय निर्माण हुने भएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका कार्यालय प्रमुख एवं प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलको विशेष पहलमा प्रतिक्षालय निर्माण हुन लागेको छ ।
आज एक कार्यक्रमकाबीच प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलले इलाका प्रहरी कार्यालय गरुडा भित्र प्रतिक्षालयको शिलान्यास गरेका छन ।
डिएसपी रावलले शिलान्यास गरेसँगै प्रतिक्षालय निर्माणको काम पनि आजैदेखी शुरु भएको छ ।

प्रदेश २ का विकास समितिका सभापति एवं रौतहट क्षेत्र नं ४ ख का प्रदेश सांसद शेख अब्बुल कलाम अजाद उर्फ फुलबाबुको संसदीय विकास कोषको सहयोगमा उक्त प्रतिक्षालयको पुन निर्माण हुन लागेको हो ।
यसअघि देखी इलाका प्रहरी कार्यालय गरुडाको प्रांगनमा काठबाट बनाइएको प्रतिक्षालय जिर्ण भएकोले त्यसलाई भत्काएर नयाँ पक्की प्रतिक्षालय निर्माण हुन लागेको डिएसपी रावलले जानकारी दिनुभयो ।

समाजीक अभियन्ता एमडी सनमको अध्यक्षतामा एक महिना भित्रमा उक्त प्रतिक्षालय निर्माणको कार्य सम्पन्न हुने बताइएको छ ।
प्रदेश सांसद फुलबाबुले इलाका प्रहरी कार्यालय गरुडाको प्रतिक्षालय धेरै पुरानो भइ जिर्ण भएको हुँदा नयाँ पक्की प्रतिक्षालय निर्माण गर्न आफुले आफना संसदीय कोषको रकम उपलब्ध गराएको बताएका छन ।

प्रतिक्षालय निर्माणको लागि लाग्ने सम्पुर्ण खर्च आफु व्यवहोर्ने प्रदेश सांसद फुलबाबुले बताए ।

उक्त प्रतिक्षालय निर्माणको लागि जनता समाजवादी पार्टीका युवा नेता राजकुमार दासले अहम भुमिका खेलेका छन ।

प्रतिक्षालय शिलान्यासको अवसरमा जसपाका संघीय पार्षद सदस्य जयनाथ यादव, जसपाकै युवा नेता राजकुमार दास, गरुडाका प्रहरी निरीक्षक राजाराम केश्री, जसपा युवा अध्यक्ष कौशरखान मिथिला लगाएतको उपस्थिती रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *