Loading...
सडकबाट भएपनि संसद पुनःस्थापना गराएरै छाडछु ः जसपा नेता दास ।

ओम प्रकाश यादव
पुष २० गते, रौतहट । जनता समाजवादी पार्टी नेपालका युवा नेता राजकुमार दासले विघटित संसद पुर्नरबहाली हुने दावी गरेका छन ।

प्रतिनिधिसभाको कार्यकाल अझै दुई वर्ष बाँकी हुँदाहुँदै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गराएको संसद विघटन पुनःस्थापना भएरै छाडने नेता दासले बताएका छन ।
रौतहटको गरुडामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै जसपा नेता दासले यस्तो बताएका हुन ।

नेकपा भित्रको आपसी झगडाका कारण प्रधानमन्त्री ओली र रास्ट्रपति विद्या देवी भण्डारीले संसद विघटन गरी संघियाता लोकतन्त्रलाई समाप्त पार्ने काम गरेकोले आफुहरु यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने नेता दासले बताए ।
संसद विघटनको रिट सर्वोच्च अदालतमा पुगेको भन्दै नेता दासले सर्वोच्च अदालतले संसद पुर्नरबहाली गराउने कुरामा आफु पुर्णरुपमा विस्वस्त रहेको उनले बताए ।
सर्वोच्च अदालतमाथी तिन करोड नेपाली जनताको आशा र भरोसा रहेकोले सर्वोच्च अदालतले तिन करोड नेपाली जनताको पक्षमा नै निर्णय गरी पुनसंसद बहाली गराउने कुरामा आफु आशावादी रहेको उनको ठम्याइ छ ।
उनले भने अब हाम्रो अन्तिम भरोसा सर्वोच्च अदालतमाथी छ यदि अदालतले पनि संसद जिवित राखेन भने आफुहरु संघर्षको बाटो रोज्न बाध्य हुने छु ।
सर्वोच्च अदालतले पनि संसद पुनःबहाली गराएन भने आफुहरु सडकबाट भएपनि संसद पुनःस्थापना गराएरै छाडने नेता दासले ठोकुवा गरेका हुन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *