Loading...
माघ ३ गते सन्तपुर बजारमा जसपाको वृहत विरोध सभा हुँदै, सभाको तयारी बारे कटहरियामा छलफल ।

ओम प्रकाश यादव
रौतहट, माघ १ गते । रौतहटको क्षेत्र नं ३ स्थित कटहरियामा आज जनता समाजवादी पार्टीको क्षेत्रीय बैठक सम्पन्न भएको छ ।

पार्टि कार्यालय कटहरियामा आज बसेको जनता समाजवादी पार्टीको बैठकमा आउँदो माघ ३ गते रौतहटको चन्द्रपुर नगरपालिका ८ सन्तपुर बजारमा हुन लागेको वृहत जनप्रदर्शन तथा आम सभाको तयारी बारे व्यापक छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तनाशाह र असंवैधानिक कदमको विरुद्ध जनता समाजवादी पार्टीले माघ ३ गते सन्तपुर बजारमा वृहत जनप्रदर्शन तथा आम सभा गर्न लागेको छ ।
उक्त आम सभालाई भव्य र सफल बनाउने सन्दर्भमा आजको बैठक केन्द्रित रहेको थियो ।
ओलीले संविधानको विपरीत संसद विघट गरेको विरुद्ध सरकारलाई खबरदारी गर्न तथा संसद विघटन फिर्ता लिइ संसद पुनःबहाली गर्नको लागि जसपाले माघ ३ गते रौतहटमा जनप्रदर्शन गर्न लागेको हो ।

पार्टीको केन्द्रिय कमिटिको निर्णय अनुसार जसपा रौतहटले उक्त जनप्रदर्शन गर्न लागेको हो ।
उक्त आमसभालाई पुर्व मन्त्री अनिल झा, हिसिला यमी, गोविन्द चौधरी, रामकुमार लेखी, शुशीला श्रेष्ठ लगाएतका जसपाका प्रभावशाली नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कटहरियामा आज बसेको जसपाको क्षेत्रीय बैठकले माघ ३ गतेको कार्यक्रमलाई सफल बनाउने र त्ययका लागि करिव ४ हजार भन्दा बढी जनतालाई उतार्ने निर्णय गरेको हो ।
बैठकले माघ ३ गतेको जनप्रदर्शन कार्यक्रममा पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरुलाई सहभागी हुन आग्रह गरेको हो । ्बैठकमा जसपाका नेता राम प्रवेस दास, खेन्हा राय, दुर्गा साह , समिश विक्रम साह , रामाकान्त चौरसिया लगाएतको सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *