Loading...
माघ ३ गते सन्तपुर बजारमा जसपाको वृहत विरोध सभा हुँदै, सभालाई अनिल झा लगाएतले सम्बोधन गर्ने ।

ओम प्रकाश यादव
रौतहट, माघ १ गते । रौतहटको चन्द्रपुर नगरपालिका ८ सन्तपुर बजारमा आउँदो माघ ३ गते जनता समाजवादी पार्टीको वृहत विरोध सभा हुन लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तनाशाह र असंवैधानिक कदमको विरुद्ध जनता समाजवादी पार्टीले माघ ३ गते सन्तपुर बजारमा वृहत जनप्रदर्शन तथा विरोधसभा गर्न लागेको छ ।

पार्टि कार्यालय कटहरियामा आज बसेको जनता समाजवादी पार्टीको बैठकमा आउँदो माघ ३ गते रौतहटको चन्द्रपुर नगरपालिका ८ सन्तपुर बजारमा हुन लागेको वृहत जनप्रदर्शन तथा आम सभाको तयारी बारे व्यापक छलफल भएको छ ।

उक्त आम सभालाई भव्य र सफल बनाउने सन्दर्भमा आजको बैठक केन्द्रित रहेको थियो ।
ओलीले संविधानको विपरीत संसद विघट गरेको विरुद्ध सरकारलाई खबरदारी गर्न तथा संसद विघटन फिर्ता लिइ संसद पुनःबहाली गर्नको लागि जसपाले माघ ३ गते रौतहटमा जनप्रदर्शन गर्न लागेको हो ।

पार्टीको केन्द्रिय कमिटिको निर्णय अनुसार जसपा रौतहटले उक्त जनप्रदर्शन गर्न लागेको हो ।

उक्त विरोध सभालाई जनता समाजवादी पार्टीका निर्वाचन विभाग प्रमुख एवं कार्यकारीणीसमिति सदस्य तथा पुर्व मन्त्री अनिल झा, पुर्व मन्त्री हिसिला यमी, पुर्व मन्त्री गोविन्द चौधरी, रामकुमार लेखी, शुशीला श्रेष्ठ लगाएतका जसपाका प्रभावशाली नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कटहरियामा आज बसेको जसपाको क्षेत्रीय बैठकले माघ ३ गतेको कार्यक्रमलाई सफल बनाउने र त्ययका लागि करिव ४ हजार भन्दा बढी जनतालाई उतार्ने निर्णय गरेको हो ।
बैठकले माघ ३ गतेको जनप्रदर्शन कार्यक्रममा पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरुलाई सहभागी हुन आग्रह गरेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *