Loading...
माण्डवीकी अञ्जु झाले ठुलो संख्यामा गरिन खाद्यान्न र स्वच्छता सामग्रि वितरण ।

ओम प्रकाश यादव
माघ २ गते, रौतहट ।
पछिलो समय समाजसेवाबाट आफनै छुट्टै पहिचान बनाउन र नाम कमाउन सफल माडवी संस्थाकी अध्यक्ष अञ्जु झाले आज फेरी ठुलो संख्यामा राहत बाडेर चर्चामा आएकी छिन ।
रौतहटको राजपुर नगरपालिकामा आज आयोजित कोभिड १९ बाट प्रभावित महिला तथा विपन्न परिवारहरुलाई वृहत राहत वितरण कार्यक्रममा माण्डवी संस्थाकी अध्यक्ष झाले ठुलो संख्यामा राहत वितरण गरेकी छिन ।

राजपुर नगरपालिका ५ स्थित श्री जनता नमुना माध्यमिक विद्यालय राजपुर फरहदवाको प्रांगनमा आज आयोजित राहत वितरण कार्यक्रममा माण्डवीकी अञ्जु झाले कोभिड १९ बाट प्रभावित दुई सय भन्दा बढी परिवारलाई खाद्यान्न लगाएतका सामग्रि वितरण गरेकी छिन ।

कार्यक्रममा अञ्जु झाले दुई सय ४० दलित, अति गरिव तथा विपन्न परिवारहरुलाई खाद्यान्न, स्वच्छता लगाएत सामग्रि वितरण गरेकी छिन ।
कार्यक्रममा उक्त विपन्न परिवारहरुलाई प्रति परिवार ३० किलो चामल, २ किलो दाल, तरकारी, नुन, मसाला, खाने तेल सहित एक एक थान ग्याँस सिलिण्डर र एनपी ग्याँस चुल्हो वितरण गरिएको माण्डवी संस्थाकी अध्यक्ष झाले बताएकी छिन ।

त्यस्तै विभिन्न रोग लाग्नबाट बच्न उनिहरुलाई ६,६ पिस हात धुने साबुन र ३ केजीको एक पैकिट सरफ पनि वितरण गरिएको उनले बताईन ।
आज खाद्यान्न र स्वच्छता सामग्रि सहयोग गरेकी माण्डवीकी अध्यक्ष झाले यसभन्दा अघि जिल्लाको विभिन्न गाउँमा चिसोबाट बच्न न्यानो कपडा वितरण गरेकी थिइन ।
समयानुकुल उनले समय समयमा आपत विपदमा परेका गरिव, असाहाय तथा विपन्न परिवारहरुलाई नगद देखी लिएर विभिन्न किसिमको सामाग्रिहरु वितरण गर्दै आएकी छिन ।
आजको राहत वितरण कार्यक्रममा रौतहटका प्रमुख जिल्ला सिडियो इन्द्रदेव यादवले एउटा महिला भएर समाजसेवामा समर्पित अञ्जु झाले समाज सेवाको लागि देखाएको हिम्मत र त्यागको खुलेर प्रशंसा गरेका छन ।

झाले गरिव नागरिकहरुलाई समय समयमा हरेक दृष्टिकोणबाट सहयोग गर्दै आएकोले उनको यो कार्य निकै सराहनीय रहेको सिडियो यादवले बताएका छन ।
समाजसेवामा सदैव लागिरहने झाले समाजसेवाको निमित आफुले हर वखत जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको सिडियो यादवले बताए ।

कार्यक्रममा नेपाली सेनाका प्रमुख, शसस्त्र प्रहरीका प्रतिनिधि, अन्य सुरक्षाकर्मी, नागरिक समाज, पत्रकार लगाएत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *