Loading...
रौतहटको शहर बजार फोहोरबाट कुरुप बन्दै, सम्बन्धित निकाय गैर जिम्मेवार ।

ओम प्रकाश यादव

गरुडा, माघ ३ गते । फोहोरको उचित व्यवस्थापन नहुँदा रौतहटको अधिकांश शहर बजारहरु फोहोरबाट दुर्गन्धित भएका छन ।

सम्बन्धित निकायको गैर जिम्मेवारीपनका कारण यहाँका शहर बजारहरु पछिलो समय फोहोरले कुरुप बन्दै गएको छ ।

फोहोर राख्ने फोहोर मैला नहुँदा जथाभावी रुपमा जता ततै फयाक्ने गरेको फोहोरका कारण यहाँका शहर बजारहरु कुरुप जस्तै बनेको छ ।
बजार व्यवस्थपान समिति वा स्थानीय सरकार कसैले पनि बजारहरुमा फोहोर मैलाको व्यवस्थपान नगर्दा बजारहरु फोहोरले दुर्गन्धित बन्ने गरेको छ ।
फोहोर मैला अथवा फोहोर राख्ने कुनै व्यवस्थित ठाउँ नहुँदा बजारमा किनमेल गर्न आउने ग्राहक तथा व्यापारीहरु जथाभावी रुपमा फोहोर फाल्ने गर्छन जसका कारण उक्त फोहोर गन्हाउने गर्दछन ।
त्यस्तै पशुु बद्धस्थलको अभावमा जिल्लाका कयौ शहर बजारका उपभोक्ताहरु अश्वस्थ्यकर मासुु खान बाध्य भएका छन ।
जिल्लाको गौर, गरुडा, कटहरिया, चन्द्रपुर, समनपुर, शिवनगर, बंकुल, पिपरा लगाएतका बजारहरुमा फोहोरको उचित व्यवस्थपान नहुँदा दुर्गन्ध बढेको छ भने उपभोक्ताहरु अश्वस्थ्कर खानेकुरा खान बाध्य भएका छन ।
यी बजार क्षेत्रहरुमा खसी तथा कुखुरा काटने व्यवस्थित बद्धसालाको अभावमा उपभोक्ताहरु झिंगा भन्केको मासुु खान बाध्य भएका हुन ।
बजारहरुमा उपभोक्ता संरक्षण मञ्च वा बजार व्यवस्थापन समिति द्धारा कहिलै अनुुगमन नहुनुु र स्थानिय निकाय पनी उक्त समस्या प्रती गम्भिर नभएका कारण पशुुबद्धशाला व्यवस्थित हुन नसकेको उपभोक्ताहरुले गुनासो गरेका छन ।
कटहरिया स्थित हाट बजार क्षेत्रमा चारै तर्फ रहेको होटेल व्यवशायीले दिन भरी बेचेको खाली माटाका कटिया,पानीको बोतल र ठाँउ ठाँउमा पानी जमेर फोहर भई गन्हाउने गर्दछन ।
खसी तथा कुखरा काटने बद्धशाला नभएका कारण बिहानै देखी कसाई तथा कुुखरा काटने कटरहरुले सोही फोहरको बिचमा खसी तथा कुखरा काटेर माुसुु बेच्ने गर्दछन ।
बजार क्षेत्रमा अन्य कुनै स्थानमा सफा र ब्यवस्थित बद्धशाला नभएका कारण फोहर कसींगर जमेको बिचमा राखेर काटिएको खसी तथा कुखराको अश्वश्थ्यकर मासुु खरीद गर्न बाध्य भएको उपभोक्ताहरु मध्ये एक स्थानिय उपभोक्ता सुरेन्द्र यादवले बताउनुभयो ।

पछिलो समय आर्थिक अभावमा बजारक्षेत्रमा ब्यवस्थितबद्धशाला नहुुँदा उपभोक्ताहरु यथास्थितीमा चित बुुझाए पनी अहिल स्थानियतहमा जन प्रतिनिधी भए पनि हजारौं जनताको स्वास्थ्य संग सरोकारको बिषयमा मेयर,उपमेयर तथा वडा अध्यक्षहरुको कहिले ध्यान जाने त्यो बिषय चाँही प्रतिक्षाको बिषय बनेको छ ।
जनप्रतिनिधिहरुले समेत यस्ता समस्याप्रति ध्यान नदिनु दुर्भाग्य रहेको सर्वसाधारण उपभोक्ताहरुको भनाई छ ।

सरसफाइको नाममा वार्षिक लाखौ बजेट सिध्याउने यहाँका जनप्रतिनिधिहरुले आफनै गाउँ ठाउँको बजारहरुको सरसफाइमा ध्यान नदिएको पाइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *