Loading...
गैर कानुनी रुपमा नदि उत्खन्न गर्ने एक स्काभेटर चालकमाथी मुदा ।

कृष्ण तिवारी
रौतहट, पुष २८ गते । रौतहटमा गैर कानुनी रुपमा नदि उत्खन्न गर्ने एक स्काभेटर चालकमाथी मुदा दर्ता भएको छ ।
डिभिजन वन कार्यालय रौतहटले जिल्लाको पुर्विभेग स्थित बागमति नदिबाट अबैध रुपमा ढुंगा, बालुवा र गिटि उत्खन्न गर्ने एक जना स्काभेटर चालकमाथी मुदा दर्ता गराएको छ ।
केहि दिन अघि मात्रै जिल्लाको वृन्दावन गरपालिका अन्तर्गत पर्ने बागमति नदिबाट मापदण्ड विपरीत बालुवा, गिटि र ढुंगा उत्खन्न गरेको अभियोगमा पक्राउ परेका हुवाण्डो स्मार्ट २२० नम्बरको स्काभेटर चालक चन्द्रपुर नगरपालिका २ निवासी विजय चौधरीमाथी मुदा दर्ता भएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
अबैध रुपमा नदि उत्खन्न गरेको भन्दै पक्राउ परेका स्काभेटर चालक चौधरीमाथी सोमवार साँझ जिल्ला अदालत गौरमा मुदा दर्ता गरिएको जिल्ला डिभिजन तथा वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिनुभएको छ ।
आफुहरुले उक्त खोलाको अनुगमन गर्दा स्काभेटर चालक मापदण्ड विपरीत नदि उत्खन्न गरेको र दोषी देखिएकोले चालकमाथी मुदा दर्ता गराएको जिल्ला वन अधिकृत सिंहले जानकारी दिनुभयो ।
मापदण्ड विपरीत नदिको वहावलाई नै मानव बस्तीतिर परिवर्तन गर्ने गरी नदि उत्खन्न गरिएको र नदि उत्खन्न गर्ने कार्यमा प्रयोग गरिएको उक्त स्काभेटर सहित चालकलाई स्थानीयहरुले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय रौतहटमा बुझाएको थियो ।
मापदण्ड भन्दा विपरीत गएर नदि उत्खन्न गरी नदिको मुल धारलाई नै अन्यत्र परिवर्तन गर्ने कार्य गरेको भन्दै स्थानीयहरुले उक्त स्काभेटरलाई नियन्त्रणमा लिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *