Loading...
सामुदायीक विद्यालयहरुको अवस्था निकै दयनीय, विद्यार्थी स्कुल जान मान्दैनन, विद्यार्थीलाई भुँईमै बसेर पढनुपर्छ ।

ओम प्रकाश यादव
रौतहट, माघ ५ गते । सरकारले सामुदायिक शिक्षामा अबौंको लगानी गरेको छ । तर पनि सामुदायिक शिक्षाको गुणस्तर समग्रमा माथि उठ्न सकेको छैन ।
गाउँमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटे पनि सहरी क्षेत्रका केही विद्यालय भने अपवाद बनिरहेका छन् ।

रौतहटको ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयको अवस्था निकै दयनीय रहेको छ । शहरी क्षेत्रको सामुदायीक विद्यालयको अवस्था अलि ठिक भएपनि ग्रामीण क्षेत्रको अधिकांश विद्यालयहरुको शिक्षाको अवस्था दयनीय रहेको छ ।

ग्रामीण क्षेत्रका विद्यालयहरुमा राम्रो पढाई नभएको कारणले नै विद्यार्थीको आकर्षण घटेको देखिएको छ ।
शिक्षक र प्रधानाध्यापकहरुको चरम लापरवाहीका कारण रौतहटमा सामुदायीक विद्यालयहरुमा पढाइको अवस्था दिनप्रतिदिन कमजोर हुदै गएको छ ।

शिक्षक तथा प्रधानाध्यापकहरु आफना मनलाग्दी विद्यालय जाने गरेको, नियमित विद्यालय जानुपर्नेमा कहिले काही मात्रै जाने गरेको र विद्यालय गएपनि विद्यार्थीलाई पढाउने तिर कुनै ध्यान नै नदिई एक आपसमा बसेर गफ गरेर नै समय विताउने गरेका कारणले रौतहटमा शिक्षाको स्तर खुस्किदै गएको छ ।
शिक्षकहरुको यस्तो गैर जिम्मेवारीपुर्ण रवैयाका कारण विद्यार्थीहरु सामुदायीक विद्यालयमा पढन जानै छोडेका छन ।

खासगरी प्राथमिक विद्यालयहरुमा ठिक ढंगले पढाइ नहुँदा अभिभावहरुले आ आफना बालबालिकाहरुलाई विद्यालय पठाउनै छाडेका छन ।
जिल्लाको प्रत्येक गाउँमा प्राथमिक विद्यालय भएपनि अधिकांशमा राम्रो पढाई नहुँदा बाध्य भएर महंगो शुल्क तिरेर निजी विद्यालयमा आफना छोरा छोरीहरुलाई पढाउनु परिरहेको अभिभावकहरुले गुनासो गरेका छन ।

सामुदायीक विद्यालयका शिक्षक र प्रधानाध्यापकहरुको लापरवाहीका कारण विद्यालयमा पढाई कमजोर भएको र त्यस्तो विद्यालयमा छोरा छोरी पढाउँदा उनिहरुको भविष्य अन्धकारमा पर्ने डरले आफुहरु महंगो शुल्क तिरेर नै निजी विद्यालयमा छोराछोरी पढाउने गरेको अभिभावकहरुले बताएका छन ।

जिल्लाको माधवनारायण नगरपालिका ६ माधोपुर स्थित एक प्राथमिक विद्यालय रहेको छ जस्मा कक्षा एक देखी पाँचसम्म पढाइ हुने गर्दछ । विद्यालयमा दुईसय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेपनि मुस्किलले दैनिक १० देखी १५ जनासम्म मात्रै विद्यार्थी पढन जाने गर्दछन ।

विद्यालयमा पढाईको अवस्था निकै कमजोर भएका कारणले विद्यार्थीहरु स्कुल जानै मान्दैनन । विद्यालयमा शिक्षक र प्रधानाध्यापक नियमित नआउने गरेको र कहिले काही मात्रै आउने गरेको तथा विद्यालयमा आएपनि पढाउने तिर कुनै ध्यान नदिई गफ गरेरै समय विताउने गरेका कारण विद्यार्थीहरु स्कुल जान छाडेका छन ।
विद्यालयमा राम्रो पढाई नहुँदा पढन जान छाडेको विद्यार्थीहरु बताउँछन । प्राथमिक विद्यालय माधोपुर उदाहरण मात्रै हो यस्ता समस्या जिल्लाको अधिकांश पालिकाको सामुदायीक विद्यालयहरुको रहेको पाइएको छ ।

त्यस्तै कतिपय विद्यालयहरुको भौतिक अवस्था पनि दयनीय हुँदा पठन पाठन प्रभावित हुदै आएको छ । अधिकांश सामुदायीक विद्यालयहरुमा प्रयाप्त मात्रामा विद्यार्थीलाई बस्ने कुर्सी ब्रेन्च नहुँदा विद्यार्थीहरु भुईमै बसेर पढन बाध्य छन ।

विद्यालयमा राम्रो पढाई नहुँदा विद्यार्थीहरु विद्यालय जान छाडेको भएपनि शिक्षक तथा प्रधानाध्यापकहरुले विद्यार्थीकै दोष लगाएर आफुले गर्ने गरेको गल्ती लुकाउने गरेका छन ।
राम्रो पढाई भए पो विद्यार्थीहरु विद्यालय जान्थ्यो तर पढाई नै राम्रो नहुँदा विद्यार्थीहरु विद्यालय जान आनाकानी गर्ने गरेका छन । तर शिक्षकहरुले विद्यार्थी नै पढन नआउने गरेको जस्ता गैरजिम्मेवारीपुर्ण जवाफ दिने गरेका छन ।

विद्यार्थी नै पढन आउन छाडेको बहाना बनाएर शिक्षकहरु अभिभावक तथा अन्य व्यक्तिहरुको आँखामा छारो हाल्ने काम गर्ने गरेका छन ।

माधवनारायण नगरपालिकाको माध्यमिक बिधालय माधोपुरमा कुर्सी ब्रेन्चको अभावमा कक्षा एक र दुईका बिधार्थीहरुलाई भुइँमै बसेर पढ्नु पर्ने बाध्यता रहेको छ । स्थानिय तहहरुले प्रस्तुत गर्ने गरेको नीति तथा कार्यक्रममा शिक्षालाई पहिलो प्राथमिकतामा राखेपनी उपयुक्त बजेट व्यवस्थापन नगर्दा सम्स्या हट्न नसकेको सेवा निवृत शिक्षक योगेन्द्र यादवको भनाई छ ।

शिक्षा स्थानिय तहमा आइसक्दा समेत यस्तो अवस्था आउनु चिन्ताजनक कुरा रहेको र यसप्रति सबैलाई गम्भीर हुनु पर्ने जरुरी रहेको उहाँले बताउनुभयो ।
त्यस्तै केहि विद्यालयको भौतिक अवस्था जिर्ण हुँदा जिर्ण भवनमै जोखिम मोलेर विद्यार्थीहरु पढन बाध्य छन भने केहि विद्यालयहरुमा दरबन्दी अनुसारको जनशक्ती नै नहुँदा पठनपाठन प्रभावित भएको छ ।
यहाँका सामुदायीक विद्यालयहरुमा दरबन्दी अनुसारको शिक्षक नहुँदा पठन पाठनमा व्यापक सम्स्या भएको छ । विद्यार्थीको भविश्यसँग प्रत्यक्ष जोडिएको शिक्षा जस्तो संवेदनशील क्षेत्र यतिसम्म लथालिंग र धरासायी हुँदा समेत सम्बन्धित निकायले यसप्रति कुनै चासो देखाएका छैनन ।

सामुदायीक विद्यालयहरुमा शिक्षाको अवस्था कमजोर हुँदै गएपनि विद्यालयक व्यवस्थापन समिति, प्रधानाध्यापक र स्थानीय जनप्रतिनिधिले समेत यसप्रति कुनै चासो देखाएको छैन ।

रौतहट एक त शिक्षामा देशमै सबभन्दा पछाडी परेको र त्यसमा पनि पढाई राम्रो नहुँदा शिक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन खुस्किदै गएको छ । तर व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र निर्वाचित जनप्रतिनिधिहरुले विद्यालयको शिक्षाको स्तर सुधार गर्ने तर्फ कुनै ध्यान नदिई शिक्षाको नाममा आउने रकमलाई हिनामिना गर्नेतर्फ मात्रै लागेको शिक्षा विदहरुको भनाई छ ।

शिक्षाको सम्पुर्ण अधिकार स्थानीय तहमा आइसकेको छ त्यसैले शिक्षामा हुने गरेको कमीकमजोरी हेर्ने र समाधान गर्ने अधिकार पालिकालाई दिइएको छ तर रौतहटका पालिकाका जनप्रतिनिधिहरु शिक्षाको स्तर सुधार तर्फ कुनै ध्यान नदिई बढी फाइदा हुने विकास बजेट चलाउने तिर मात्रै केन्द्रित रहेको देखिएको छ ।

 

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *