Loading...
बलिदानी दिवसको अवसरमा प्रदेश सांसद फुलबाबुले शहीद परिवारहरुलाई नगद सहित गरे सम्मान ।

ओम प्रकाश यादव
माघ ६ गते, रौतहट । जनता समाजवादी पार्टिका नेता, प्रदेश सांसद एवं प्रदेश २ का विकास समितिका सभापति शेख अब्बुल कलाम अजाद उर्फ फुलबाबुले मधेशी शहीद परिवारहरुलाई नगदबाट सम्मान गरेका छन ।

रौतहट निर्वाचन क्षेत्र नं ४ को ख बाट प्र्रदेशसभा सदस्यमा निर्वाचित प्रदेश सांसद फुलबाबुले हिजो मधेशी बलिदानी दिवसको अवसरमा मधेश आन्दोलनमा सहादत प्राप्त गरेका चार जना शहीद परिवारलाइए दोसल्ला ओढाएर नगद समेतबाट सम्मान गरेका हुन ।

आफना हक अधिकारका लागि आन्दोलन गर्दा प्रहरीको गोली लागेर मृत्यु भइ शहीद भएका रौतहटका राजकिशोर ठाकुर, शम्स तबरेज, मैनुदिन ओस्ता र राम आशीष ठाकुरको परिवारसँग प्रदेश सांसद फुलबाबुले भेटघाट गरी फुलमालाका साथ दोसल्ला ओढाएर नगदबाट सम्मान गरेका छन ।

आफ्नो स्वाभिमान पहिचान सहित मौलिक अधिकार प्राप्तिको आन्दोलनको क्रममा आफु शहीद भएर पनि मधेशीको स्वाभिमान र पहिचान कायम राख्न सफल तथा मधेश एवं मधेशीको लागि पुरयाएको अतुलनिय योगदानको स्मरणमा उनिहरुको परिवारसँग भेटघाट गरेर आफुले सानो सहयोग गरेको प्रदेश सांसद फुलबाबुले बताएका छन ।

मधेशी बिर सपुत शहीदहरुकै बलिदानीको भरमा अहिले मधेशमा मधेशवादी दलको सरकार बनेको र मधेशीको स्वाभिमान कायम रहेको हुनाले बलिदानी दिवसको अवसर पारेर शहादत प्राप्त गरेका मधेशी सपुतहरुको स्मरणमा आफुले उनिहरुको परिवारलाई सम्मान ्विकास समितिका सभापति समेत रहेका प्रदेश सांसद फुलबाबुले बताएको कुरा युवा नेता राजकुमार दासले जानकारी दिएका छन ।

प्रदेश सांसद फुलबाबु संग जनता समाजवादी पार्टिका युवा नेता राजकुमार दास तत्मा, समाजसेवी जामिल अख्तर, युवा नेता कौशर खान मिथिला, महिला नेत्री अम्बया खातून, शालीना खातून लगाएतको उपस्थिती रहेको थियो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *